राजविराज, मंसिर २३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग छलफल नै नगरी ल्याईएको संशोधन प्रस्तावले ठग्ने काममात्र गरेको भन्दै खारेजीको माग गर्नुभएको छ ।
सप्तरीको नर्घोगाउँ विकास समितिस्थित झहुराचौकमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो बताउनुभयो । हालै ल्याईएको संशोधन प्रस्ताव मधेशी, थारु, आदिवासी, दलित, जनजाती, मुस्लिमलगायतका पछाडिपरेका समुदायको हितमा छैन भन्दै अध्यक्ष यादवले ‘संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफलै नगरी ल्याइएको संशोधन प्रस्तावले अधिकारबाट बञ्चित समुदायलाई ठग्ने काम मात्रै गरेको छ ।
आफूहरुको माग सम्बोधन हुनेगरी संशोधन प्रस्ताव नल्याईए सशक्त आन्दोलनबाहेक अर्को विकल्प नरहने उहाँले बताउनुभयो । कठोर आन्दोलनका उपलब्धिहरु प्राप्त नहुञ्जेलसम्म आन्दोलन जारीरहने बताउँदै उहाँले भन्नुभयो, ‘तीन ठूला दलको गैर जिम्मेवाररुपमा काम भइरहेकोले शोषित उत्पीडित जनताले सशक्त आन्दोलन गर्नु बाहेक अर्को विकल्प रहदैन ।’
संशोधन प्रस्ताव मधेशी, थारु, आदिवासी, दलित, जनजाती, मुस्लिमलगायतका पछाडिपरेका समुदायको हितमा छैन भन्दै अध्यक्ष यादवले ‘संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफलै नगरी ल्याइएको संशोधन प्रस्तावले अधिकारबाट बञ्चित समुदायलाई ठग्ने काम मात्रै गरेको छ ।
प्रुमुख तीन दलको रबैयामा सुधार नआए पुनः कठोर आन्दोलनकै बाटो अख्तियार गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले आन्दोलनकालागि तयार रहन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
क्षेत्रीय अध्यक्ष अमरनाथ यादवको अध्यक्षतामा आयोजित सभा पार्टीकी उपाध्यक्ष एवम् मधेश प्रदेश प्रमुख रेणु यादवले संसदमा ल्याईएको संशोधन प्रस्तावले मधेशी जनताको हकअधिकार सुनिश्चित हुन नसक्ने बताउनुभयो ।
कार्यक्रममा शैलेन्द्रप्रसाद साहले कपटीपूर्ण ढङ्गले संशोधन प्रस्ताव ल्याई तीन ठूला दलले जनतामा भ्रम छर्ने काम गरिरहेकोले सचेत रहन आम जनतासँग आग्रह गर्नुभयो । सभामा पार्टीका केन्द्रीय सदस्यहरु सञ्जय सिंह, खलिद सिद्दिकी, विनोद चौधरी, जगदेव यादव, जिल्ला अध्यक्ष दिनेशकुमार यादव, जिल्ला कमिटि सदस्य सुरेन्द्र यादव, क्षेत्रीय ईञ्चार्ज शिवशंकर यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।