राम दहित
धनगढी, मंसिर २४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिको आमहड्तालका कारण सुदूरपश्चिमको दुईजिल्ला कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव परेको छ ।
सरकारले ल्याएको पछिल्लो संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई पाँच नम्बर प्रदेशमा नसमेटिएको विरोधमा संघर्ष समिति कैलालीले शुक्रबार एकदिन बन्द आव्हान गरेको हो । धनगढी बजार पूर्णरुपले बन्द छ भने कञ्चनपुरमा केही प्रभावपरेको छ ।
बन्दले स्थानीय व्यापार, व्यवसाय, उद्योग कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी गैर सरकारी संस्थामा प्रभाव परेको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली विहीबार एक प्रेस विज्ञप्ती जारीगर्दै भरखरै सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक सच्याउनु पर्ने माग सहित आमहड्तालको घोषणा गरेको थियो ।
बन्दको पूर्व सन्ध्यामा समितिले विहिबार साँझ कैलाली र कञ्चनपुरको विभिन्न ठाउँमा मशाल जुलुश प्रदर्शन गरेको थियो । थारु समुदाय संविधान संशोधनको विपक्षमा नरहेको भएपनि कैलाली र कञ्चनपुरको सम्बोधन विना कुनै संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने थारु अगुवाहरुको भनाई छ ।
संघर्ष समितिका कार्यवाहक संयोजक कृष्णकुमार चौधरी (कुन्दन) ले विज्ञप्ती जारीगर्दै आफुहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार विरोधस्वरुप कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो । विज्ञप्तीमा–आमहड्ताल अवधीभरी व्यापार, व्यवसाय, उद्योग, यातायात, शैक्षिक संस्था, सरकारी गैर सरकारी संस्था एक दिन बन्द गरी सहयोगको लागि अनुरोध गरिन्छ’ उल्लेख गरिएको छ ।
कैलाली, कञ्चनपुर बन्द कार्यक्रमलाई अवज्ञा गरेमा त्यसको जिम्मेवारी स्वयम् व्यवसायी वा राज्यले लिनुपर्ने चेतावनी पनि विज्ञप्तीमार्फत समितिले दिएको छ । तर एम्बुलेन्स, दमकल, कुतनीतिक नियोग, पत्रकार, सुरक्षाकर्मी लगायतका सवारी साधनलाई कुनै अवरोध नगर्ने थरुहट समितिले जानकारी गराएको छ ।
बन्दको पूर्व सन्ध्यामा समितिले विहिबार साँझ कैलाली र कञ्चनपुरको विभिन्न ठाउँमा मशाल जुलुश प्रदर्शन गरेको थियो । थारु समुदाय संविधान संशोधनको विपक्षमा नरहेको भएपनि कैलाली र कञ्चनपुरको सम्बोधन विना कुनै संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने थारु अगुवाहरुको भनाई छ ।