थरुहट संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु बाइक दुर्घटनामा


madhav-tharu

धनगढी, मंसिर २४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारु दुर्घटनामा पर्नुभएको छ । उर्मा –८, भादा होमस्टे गाउँबाट आफन्तको विवाहमा सहभागी भएर घर फर्कने क्रममा विहिबार राती झण्डै १२ बजेको समयमा पूmलबारी टंकी भन्ने ठाउँमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते हुनु भएको हो ।

प्रवक्ता थारुसंगै बर्दियाका धिरज चौधरी पनि दुर्घटना परि घाइते हुनुभएको छ । प्रवक्ता थारुको उपचार बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा भइरहेको थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले जानकारी दिनुभयो ।

प्रवक्ता थारुसंगै बर्दियाका धिरज चौधरी पनि दुर्घटना परि घाइते हुनुभएको छ । प्रवक्ता थारुको उपचार बाँकेस्थित कोहलपुर मेडिकल अस्पतालमा भइरहेको थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले जानकारी दिनुभयो । प्रवक्ता थारुसँग दुर्घटनामा परी घाइते हुनुभएका धिरज चौधरीको उपचार धनगढीस्थित सेती अंचल अस्पतालमा भइरहेको छ ।

प्रवक्ता थारु थरुहट तराई पार्टीमा आवद्ध हुनुहुन्छ । थारु समुदायको हकहितका लागि निरन्तर क्रियाशील प्रवक्ता थारुको स्वास्थ्यलाभको कामना थारु समुदायले गरेको छ ।

तपाईको प्रतिक्रिया