बाँकेमा थारु पत्रकारलाई एक महिने आधारभूत पत्रकारिता तालिम


tja-banke

भगतराम थारु
नेपालगञ्ज, मंसिर २५ गते । थारु पत्रकार संघ बाँकेको आयोजनामा शनिबारदेखि एक महिने आधारभुत पत्रकारिता तालिम नेपालगन्जमा सुरु भएको छ ।

संघ नेपाल बाँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे र महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले संयुक्तरुपमा गर्नुभएको थियो ।

तालिमको उद्घाटनसत्रमा बोल्दै प्रमुख अतिथि गैरेले पत्रकारिता अध्ययन र अभ्यासको वरावर फ्युजन रहेको बताउनुभयो । पत्रकारिताको आगामी दिन बढाउन अध्ययन र अभ्यास दुवै अति आवश्यक रहेको बताउनुभयो ।

बाँकेमा क्रियाशिल थारु पत्रकारको संख्या न्यूनरहेको बताउँदै उहाँले तालिम लिइसकेपछि क्रियाशिल भएर काम गर्न पनि प्रशिक्षर्थीहरुलाई आग्रह गर्नुभयो । पत्रकारिता पेशमा सवै किसिमको आकर्षण भएकोकारण अहिलेको प्राविधिकसँग खेल्न सकिने युवाको खाँचो रहेको बताउनुभयो ।

बाँकेमा क्रियाशिल थारु पत्रकारको संख्या न्यूनरहेको बताउँदै उहाँले तालिम लिइसकेपछि क्रियाशिल भएर काम गर्न पनि प्रशिक्षर्थीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघले गर्न नसकेको कामलाई थारु पत्रकार संघले गरेकोप्रति उहाँले स्रहना प्रकट गर्नुभयो । अहिलेको प्रविधिको विकाससंगै पत्रकारिता परिवर्तन भएकाकारण अहिलेको युवा पंक्तिलाई उपयुक्त रहेको कुरा महासंघका अध्यक्ष सुवेदीले बताउनुभयो ।

पत्रकारिता यस्तो पोशा हो जुन समयानुकुल परिवर्तन हुन सकेमात्र टिक्न सकिने कुरामा अध्यक्ष सुवेदीले जोड दिनुभयो । पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका कानुनी सल्लाहकार ठाकुरसिङ थारु, प्रेस युनियनका सचिव अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण ओली, प्रेस मन्चका केन्द्रिय उपाध्यक्ष आशिष गुप्ता, पत्रकार गोविन्द शर्मा, गोपी बुढा, अक्षरी पोखरेल, कमल डाँगी, चन्द्रशेखर पाण्डेलगायतले बोल्नुभएको थियो ।

कार्यक्रमको संचालन संघका सचिव भगतराम थारुले गर्नुभएको थियो भने आधारभुत पत्रकारिता तालिममा बाँके, बर्दिया र दैलेखका ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया