लक्की चौधरी
काठमाडौं, मंसिर २९ गते । थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य तथा थारु कल्याणकारिणीसभा कैलालीका सचिव माधव थारुको शल्यक्रिया विहिबार ट्रमा सेन्टर काठमाडौंमा हुनेभएको छ । मंगलबार एमआरआई सम्पन्न भएपछि अपरेशन (शल्यक्रिया) हुन लागेको हो ।
उपचारमा संलग्न थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुकाअनुसार उपचारमा संलग्न चिकित्सक डा. गौरव ढकालले विहिबारसम्म अपरेशन गर्ने बताउनुभएको छ । आमआरआई प्रतिवेदनअनुसार घाइते थारुको पछाडिको मेरुदण्डको हड्डी फ्याक्चर भएको छ । घाँटीमा समेत समस्या देखिएको छ । अवस्थामा क्रमिक सुधार रहेको चिकित्सकको भनाई छ ।
आमआरआई प्रतिवेदनअनुसार घाइते थारुको पछाडिको मेरुदण्डको हड्डी फ्याक्चर भएको छ । घाँटीमा समेत समस्या देखिएको छ । अवस्थामा क्रमिक सुधार रहेको चिकित्सकको भनाई छ ।
काठमाडौंको न्यूरोडस्थित ट्रमा सेन्टरमा उपचाररत थारुका उपचारमा सहयोग गर्न परिवारका सदस्य तथा वर्दियाली थारु विकास मञ्चले सहयोगको अपिल गरेको छ । अपरेशनमा बढी खर्च लाग्ने देखिएपछि आर्थिक संकलन अभियान शुरु गर्नुपरेको अभियानकर्ताले बताएका छन् ।
थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्तासमेत रहनुभएका थारुको मंसिर २३ गते कैलालीको कनरीमा मोटरसाईकल दुर्घटना भएको थियो । पछाडि सवार थारुसँगै मोटरसाइकल चालक समेत घाइते भएका थिए । चालकको उपचार धनगढीमै भएको छ । पछाडि सवार थारुलाई गम्भीर चोट देखिएपछि थप उपचारकालागि काठमाडांैं ल्याइएको थियो ।
घाइते थारुको उपचारका लागि पार्टी अध्यक्ष थारु, शेरबहादुर थारु, श्रीमती टीका चौधरी र परिवारका सदस्यहरु संलग्न रहनुभएको छ ।