क्याम्पस प्रमुख चन्दद्वारा आर्थिक सहयोग प्रदान


धनगढी, मंसिर २९ गते । महेन्द्रनगरका स्वर्गीय पत्रकार कर्ण बोहराको श्रीमति ममता बोहराको उपचारको लागि कैलाली बहुमुखी क्याम्पस धनगढीले आर्थिक सहयोग प्रदान गरेको छ ।

क्याम्पसका प्रमुख सुरेन्द्र चन्दले बुधबार १५ हजार रुपियाको चेक उपचारका लागि हस्तान्तरण गर्नुभयो । प्रमुख चन्दले नेपाल पत्रकार महासंघका जिल्ला सदस्य राम दहितलाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो ।

चेक हस्तान्तरण गर्दै क्याम्पस प्रमुख चन्द आफूले गरेको सानो सहयोगले बोहराको उपचारमा धेरै सहयोग पुग्ने बताउनुभयो । कैलाली बहुमुखी क्याम्पस आफ्नो स्थापनाकालदेखि नै यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दैआएको छ ।

यसको अलवा क्याम्पसले सामाजिक काममा पनि त्यतिनै क्रियाशील रह्दै आएको छ । क्याम्पसले दोस्रो उच्च शिक्षा परियोजना अन्तर्गत विश्वविद्यालय अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चित्ता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गर्न सफल क्याम्पस देशको नमुना क्याम्पसको रुपमा चिनिन्छ ।

तपाईको प्रतिक्रिया