माधव थारुको शल्यक्रिया मंगलबार हुने, आर्थिक संकलनमा तिव्रता


गीता चौधरी
काठमाडौं, पुस ४ गते । थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य तथा थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको अपरेशन (शल्यक्रिया) मंगलबार राष्ट्रिय ट्रमा सेन्टरमा हुने भएको छ ।

लामो समयको पखाई पछि थारुको शल्यक्रिया हुन लागेको हो । यसअघि गत विहिबार शल्यक्रिया गर्ने तयारी हुँदासमेत पैसाको जोहो ढिलो भएपछि शल्यक्रियाको काम स्थगित भएको थियो । तर यसपटक मंगलबार पहिलो नम्बरमै शल्यक्रिया हुने थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले बताउनुभयो ।

मुख्य करङ नै भाँचिएपछि थारुको शरीरको अन्य अंग शिथिलप्रायः रहेका छन् । थारुको शिघ्र स्वास्थ्यलाभको कामना चौतर्फी भइरहेको छ । प्रवक्ता थारु कैलालीमा थारु समुदायको प्रभावशाली युवा नेताकोरुपमा चिनिन्छन् ।

शल्यक्रियाकालागि सबै चिजको आवश्यक तयारी पूरा भइसकेको र चिकित्सकसँग पनि समय लिइसकेको उहाँले जानकारी दिनुभयो । थारुको उपचार खर्चका लागि थरुहट क्षेत्रमा आर्थिक संकलन अभियान चलाईको छ । अभियानबाट आवश्यक रकम संकलन भइरहेकाले उपचारमा आर्थिक अभाव नहुने अध्यक्ष थारुले बताउनु  भयो ।

प्रवक्ता थारुको मंसरि २३ गते एक विवाहबाट फर्कने क्रममा राती १२ बजेतिर कैलालीको कनरीमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी थारुको पछाडिको मेरुदण्डको हड्डी भाँचिएपछि अवस्था गम्भीर रहेको छ । उहाँको उपचारका लागि अध्यक्ष थारु, घाइतेका दाजु, श्रीमती र आफन्तहरु संलग्न रहनुभएको छ ।

शल्यक्रियापछि घाइते थारुको स्वास्थ्यअवस्थामा क्रमिक सुधार आउने चिकित्सकहरुको बुझाई छ । मुख्य करङ नै भाँचिएपछि थारुको शरीरको अन्य अंग शिथिलप्रायः रहेका छन् । थारुको शिघ्र स्वास्थ्यलाभको कामना चौतर्फी भइरहेको छ । प्रवक्ता थारु कैलालीमा थारु समुदायको प्रभावशाली युवा नेताकोरुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया