जनजाति महासंघको बन्दसत्रमा अलमल, प्रतिनिधि घामताप्न व्यस्त


सन्तकुमार चौधरी
चितवन पुस ४ गते । चितवनको नारायणगढमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा छलफल नै शुरुहुन सकेको छैन । प्रतिनिधि र पर्यवेक्षकहरु दिनभर घाम तापेर समय विताएका छन् ।

आइतवार पनि निर्धारित समयभन्दा झण्डै नौं घण्टा ढिलागरी बन्दसत्र शुरु भएको थियो । आइतवारको बन्दसत्रमा महासचिव र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेपनि छलफल हुन सकेन ।

बन्दसत्र आयोजना गरिएकोस्थल नारायणीकला मन्दिर परिसरमा दिनभर कार्यकर्ताहरु घाम तापेर एक आपसमा गफिएर दिन विताए । महासंघका महासचिव पेम्बा भोटेले छलफलका लागि पटक पटक बन्दसत्र आयोजना गरिएको सभाहलमा जान भनेपनि प्रतिनिधिहरु घाम तापेरै समय विताएको गुनासो सुनाउनुभयो ।

नेतृत्व कस्ले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि बन्दसत्र सञ्चालनमा ढिलाइभएको स्रोतले जानकारी दियो । विहानैदेखि नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी पार्टीसँग नजिक भएका उम्मेदवारहरु नेतृत्वको विषयमा सहमति खोज्ने प्रयास गरेपनि अहिलेसम्म सहमति जुटेको छैन् ।

सकेसम्म सहमतिमा नयाँ नेतृत्व चयन गराउने गृहकार्य भएकाकारण बन्दसत्र सञ्चालनमा ढिलाइ भएको हो । यसअघि आइतवार पनि निर्धारित समयभन्दा झण्डै नौं घण्टा ढिलागरी बन्दसत्र शुरु भएको थियो । आइतवारको बन्दसत्रमा महासचिव र कोषाध्यक्षले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेपनि छलफल हुन सकेन ।

बन्दसत्र स्थलछाडेर प्रतिनिधिहरु आ–आफ्ना निकटका उम्मेदवारको पक्षमा सहमति खोज्दै हिडेका छन् भने कार्यक्रमस्थलमा परिवेपक्षकहरु मात्रै देखिएका छन् ।

सोमवार विहान ८ बजेपछि बन्दसत्रमा महासचिव र कोषाध्यक्षले प्रस्तुतगरेका प्रतिवेदनमाथि छलफल गरेर पारित गराउने भन्दै आइतवारको बन्दसत्र स्थगीत गरिएको थियो । महाधिवेशनले आर्थिक प्रतिवेदनसँगै बार्षिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्नुपर्ने हुन्छ । यो पटक संघीय संरचनाको आधारमा संस्थाको विधान संशोधन गर्नुपर्ने सहभागीहरुको माग छ ।

बन्दसत्र स्थलछाडेर प्रतिनिधिहरु आ–आफ्ना निकटका उम्मेदवारको पक्षमा सहमति खोज्दै हिडेका छन् भने कार्यक्रमस्थलमा परिवेपक्षकहरु मात्रै देखिएका छन् ।

यद्यपि महासंघका पदाधिकारीहरुले यसपटक संघीयता र पहिचानको मुख्य विषयलाई महाधिवेशनबाट पारित गरेर आन्दोलनलाई अगाडि बढाउने तयारी गरेका छन् । आदिबासी जनजाति महासंघसँग यसअघि सरकारले पटक पटक सहमति र सम्झौता गरेपनि कार्यान्वयन नगरेकाले सोही सहमतिलाई टेकेर अगाडि बढ्ने तयारी महासंघको छ ।

तपाईको प्रतिक्रिया