राम दहित
धनगढी, पुस ४ गते । थरुहट नेता तथा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले सो पार्टीबाट राजिनामा दिएका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको सो दलको केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट पुस ४ गतेदेखि लागुहुनेगरी राजीनामा दिएको पत्र प्रेसित गरेका छन् । नेता थारुले आफ्नो हस्ताक्षरसहितको सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरह्ने गरि राजिनामा दिएको बताएका हुन ।
नेता थारुले आफ्नो हस्ताक्षरसहितको सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरह्ने गरि राजिनामा दिएको बताएका हुन ।
टीकापुर घटना घटाएको अभियोगमा १६ महिनादेखि कैलालीमा जेल जीवन बिताउदै आएका थारुले आफू अब स्वतन्त्ररुपमा जीवनयापन गर्नको लागि रानिनामा दिएको बताएका छन् । तर आफूलाई पार्टी पूर्ण रुपमा उपेक्षा गरेकोले पनि राजिनामा दिएको बताएका छन् । नेता थारुले राजीनामापत्र पार्टीको केन्द्रीय कार्यालयमा समेत फ्याक्स गरेको बताएका छन् ।
पार्टी परित्याग पश्चात आफू कुनै राजनैतिक दलमा प्रवेश गर्ने कुनै योजना नरहेको पनि थारुको भनाई छ । जेलभित्र बसेर कुनै पनि राजनैतिक दलमा बस्न उचित लागेन, स्वतन्त्र रुपमा बस्न चाहे, थारुले भने । त्यस्तैे, उनको पे्रषित विज्ञप्तीमा भनिएको छ–‘दुखद टीकापुर घटनाका बनावटी झुठ्ठा मुद्दामा विगत १६ महिनादेखि कैलाली कारागारमा छुँ, त्यही आरोपका अन्य २२ जना यही कारागारमै छन् । सम्मानित अदालतले हामीलाई न्याय दिनेमा आशावादी छौ ।’
दुखद टीकापुर घटनाका बनावटी झुठ्ठा मुद्दामा विगत १६ महिनादेखि कैलाली कारागारमा छुँ, त्यही आरोपका अन्य २२ जना यही कारागारमै छन् । सम्मानित अदालतले हामीलाई न्याय दिनेमा आशावादी छौ ।’
विज्ञप्तीमार्फत थरुहट नेता थारुले शान्तिपूर्ण थरुहट आन्दोलन सफलता पाउनमा कुनै दुईमत नरहेको बताएका छन् । आफूहरु निर्दोष रहेको, देशलाई विखण्डन नचाहेको, जातिय सदभाव विगार्र्र्न, दंगा भड्काउने काम नगरेको तथा नचाहेकोले सफलता मिल्नेमा विश्वास व्यक्त गरेका छन् । तर लामो समयदेखि दासत्वको पीडा सहन तयार नरहेको अडान राख्दै राजनैतिक, आर्थिक, सामाजिक, कानूनी र संवैधानिक अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलनमा लाग्न थारुले आमनागरिलाई अपिल गरेका छन् ।
गत सालको भाद्र २२ गते भैरहवाको एक होटलबाट पक्राउ परेका नेता थारुसहित २३ जनालाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि जेल चलानको फैसाला गरेको थियो । सोहीअनुसार २३ जना थारु अहिले कैलाली कारागारमा बन्दी जीवन जिउन बाध्य भएका छन् ।