दश वर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर हुन्छः कृषिमन्त्री चौधरी


राम दहित
पवेरा, पुस ८ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले देशलाई दश वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको बताउनुभएको छ ।

बिहिबार कैलालीको पवेरा गाविसमा चेतनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो ‘“यो परम्परागत ढंगले कृषिगरेमा १० वर्षभित्र आत्मनिर्भर बनाउन सकिदैन, त्यसैले किसानहरुले आधुनिक प्रविधिबाट खेतीगर्न जरुरी छ ।”’

किसानलाई बाली उत्पादनमा जोडदिन उहाँले आग्रह गर्नुभयो । सरकारले किसानलाई आधुनिक खेतितर्फ लाग्न प्रोत्साहनका कार्यक्रम अघि सारिसकेको छ भन्दै मन्त्री चौधरीले भन्नुभयो “किसानले परम्परागत खेतीको ढा“चालाई भुलेर आधुनिकिकरण, प्रविधिखेती तर्फ लाग्न जरुरी छ ।”’

मन्त्री चौधरीले किसानहरुलाई समयमै मलखाद नमिल्नु, विउ“ नपाउनु, बजारअभाव हुनु, संकलनकेन्द्र नहुनु लगायतले कृषि पेशातर्फ आकर्षण घट्दै गएको बताउनुभयो ।

अब किसानले यी समस्यासँग जुध्नु पर्दैन’उहाँले भन्नुभयो “नेपाल सरकारले आप्mनै लगानीमा लागुगरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यी समस्याको समाधान गर्छ ।”

अब किसानले यी समस्यासँग जुध्नु पर्दैन’उहाँले भन्नुभयो “नेपाल सरकारले आप्mनै लगानीमा लागुगरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले यी समस्याको समाधान गर्छ ।”’उहाँ यो परियोजना अन्तर्गत किसानलाई आवश्यक पर्ने प्राविधिक, सिचाई सुविधा, विउ“ वितरण केन्द्र लगायत सबैको समस्याको समाधान गरिने बताउनुभयो ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको उदासीपुरमा उद्घाटन गर्नु भएको परियोजना सुपरजोन’सरकारले कुनै दातृ निकायसंग सहकार्य नगरि स्वदेशी लगानी र जनशक्तिमा लागुगरेको मन्त्री चौधरी बताउनुभयो । यो परियोजना अन्तर्गत एक वर्षभित्र पा“च अर्व ७८ करोड बजेट खर्च गर्ने लक्ष्य लिइएको उहाँ बताउनुभयो ।

मन्त्री चौधरीले सरकारले देशभरीका सातवटै क्षेत्रमा सुपरजोन कार्यक्रम लागु गरेको बताउनुभयो । जसअन्र्तगत कैलालीमा गहु“, दाङमा मकै, झापामा धान, काभ्रेमा आलु, जुम्लामा स्याउ, बारामा माछा यस कार्यक्रम अन्तर्गत रहेको बताउनुभयो । उहाँ सरकारले सुपरजोनसंगै जोन, ब्लक र पकेटक्षेत्र कार्यक्रम पनि सञ्चालन भएको बताउनु भयो ।

उहाँले ‘एक गाउ“ एक प्राविधिक निती’ अनुसार सबै ठाउ“मा प्राविधिक खटाईने बताउनु भयो । मन्त्री चौधरीले सरकारले मसुरिया क्षेत्रमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्नका लागि पनि तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले ‘एक गाउ“ एक प्राविधिक निती’ अनुसार सबै ठाउ“मा प्राविधिक खटाईने बताउनु भयो । मन्त्री चौधरीले सरकारले मसुरिया क्षेत्रमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्नका लागि पनि तयारी गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि कार्यालयका वरिष्ठ कृषि अधिकृत युवराज पाण्डेले सरकारले कृषिलाई आधुनिकीकरणमा जोड्न किसानहरुलाई विशेष कार्यक्रम लागुगरेको बताउनु भयो । उहाँले विश्व बैंकको सहयोगमा पवेरा क्षेत्रमा एक सय मेट्रिकटनको कोल्ड स्टोरको स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

सहकारी संस्थाका अध्यक्ष हिरा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाविस सचिव बलराम चौधरीले पवेरा क्षेत्रका किसानहरुको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले कोल्ड स्टोरको अभाव, बाढीको उच्च जोखिम क्षेत्र भएकाले कृषि उत्पादनमा ह्रासआउनु लगायतका आठबु“दे समस्या राख्दै मन्त्री चौधरीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया