काठमाडौँ, पुस १३ गते । प्रमुख तीन राजनीतिक दलबीच छिट्टै स्थानीयतहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको छ । प्रमुख दलले मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुसँग छलफल गरेर निर्वाचनको मिति तय गर्ने नेताहरुले बताएका छन् ।
सिंहदरबारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले स्थानीयतहको निर्वाचनका लागि सहमति गरेको बैठकमा सहभागी नेताले बताउनुभयो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमतिभएको जानकारी दिनुभयो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमतिभएको जानकारी दिनुभयो ।
बैठकमा नेताले स्थानीयतहको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन तयार गरिसकेकाले स्थानीयतहको नै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाइ अघि बढ्ने र त्यसकालागि संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीयतहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री निधिले भन्नुभयो, “प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नका लागि संसद् खोल्न आग्रह गर्नुभयो तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव छैन भन्नुभयो ।”
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सत्तारुढ दलकातर्फबाट संसद् खोल्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल एमालेले अस्वीकार गरेको जानकारी दिनु भयो ।
उपप्रधानमन्त्री निधिले भन्नुभयो, “प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाले प्रक्रियाअनुसार अघि बढ्नका लागि संसद् खोल्न आग्रह गर्नुभयो तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्भव छैन भन्नुभयो ।”
बैठकमा एमालेका नेताले निर्वाचनको कुरामा सहमति जनाए पनि संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद् खोल्न नसकिने अडान राख्नुभएको थियो ।
बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले सरकारले एकतर्फीरुपमा संशोधनको प्रस्ताव ल्याएर निषेधको राजनीतिक गरेको आरोप लगाउँदै संशोधन प्रस्ताव मुलुक र जनताको हितविपरीत भएकाले मान्न नसकिने बताउनुभयो ।
उपाध्यक्ष रावलले भन्नुभयो, “यस सम्बन्धमा सरकार कसरी अघि बढ्न खोजेको हो स्पष्ट पार्नुप¥यो, हामी सहमतिकासाथ अघि बढ्न तयार छौँ ।” बैठकमा तीनै दलका शीर्ष नेताका साथै दोस्रोतहका नेता पनि सहभागी हुनुहुन्थ्यो । रासस