थरुहट तराई पार्टी नेपालबाट निष्कासनमा पर्नुभएकी गंगा चौधरीले यसकारण थरुहट तराई पार्टी नेपालबाट बिद्रोह गरेको विषयमा हमार पहुरा डट कममा प्रकाशित समाचार अध्ययन गर्ने अवसर मिल्यो । उहाँसंग सो न्यूज पोर्टलका संचालक, एवं पत्रकार लक्की चौधरीले कुराकानी गर्दै प्रकाशन गर्नुभएको सामाचारसंगैै गंगा चौधरीको हस्तलिखित पत्र संलग्न गरिएको रहेछ । पत्रलाई गहिरियर अध्ययन गर्दा बरा बिचित्र लाग्यो । सांसदजस्तो त्यसमा पनि कानुन बनाउने विधायन समितिका सभापतिजस्तो मान्छे छेपारोको रंग फेरेजस्तै पत्र पनि फरक फरक लेखेर मिडियाबाजी गर्न राम्रैसंग जान्नुभएको रहेछ । यसभन्दा अगाडि प्रकाशित न्यूजमा पनि पार्टीलाई भ्रम छरेको आरोप लगाउनु भएको थियो ।
सांसदजस्तो त्यसमा पनि कानुन बनाउने विधायन समितिका सभापतिजस्तो मान्छे छेपारोको रंग फेरेजस्तै पत्र पनि फरक फरक लेखेर मिडियाबाजी गर्न राम्रैसंग जान्नुभएको रहेछ ।
तपाईले प्रेषित गरेको पत्र र भनाईप्रति हामी खण्डन गर्दै मिडियामा पठाएको पत्र र थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुलाई सम्बोधन गरी पठाएको पत्र आकाश जमिनको फरक छ । सांसदजस्तो पदको मोह त्याग्न नसकी स्वीकारयुक्ति गर्दै लेखिएको गंगाजीको हस्ताक्षरसहितको दुई पृष्ठको पत्र हामीसंग सुरक्षित छ । सत्यलाई कहिल्यै छेक्न सकिदैन । राजनीतिक भ्रमको खेती नगर्दा हुन्छ । सबै जनता सचेत भइसकेका छन् । यदि पत्रप्रति कुनै छलछाम भएको शंका लाग्छ भने हस्तलिखित पत्रको वैधताको कानुनी बाटो पनि अवलम्बन गर्दै अक्षरलाई इस्पिड मिटरमा नाप्न सकिन्छ माननीय ज्यू । पार्टी किन फोडे भन्ने सवालमा तपाईले जति आधार पेश गरेर भम्रको खेती गरेपनि कसैले पत्याउनेवाला छैन । माननीय ज्यूलाई थाहै होला एउटा गीत छ फाटेको जालले छेकेको छेके पनि छलर्ङ देखेको हेर गाउँले हो ………………………..चेतना भया ।
मिनराज थारु
सचिव, थरुहट तराई पार्टी नेपाल