अहिले देशमा चलिरहेको द्वण्द्व आस्थाको द्वण्द्व होः विश्लेषक सिके लाल


काठमाडौं, पुस १५ गते । राजनीतिक विश्लेषक सिके लालले अहिले भइरहेको देशको समस्या आस्थाको द्वन्द्व भएको बताउनुभएको छ । व्यवस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले निरुपण हुन्छ, आस्थाको द्वन्द्व शान्तिपूर्ण तरिकाले सधैंभरि निरुपण हुँदैन, उहाँको भनाई छ।

उदाहरण इतिहासको एउटा

पद्म समशेरले संविधान बनाए । संविधान बनाएपछि तत्कालीन नेपाली कांग्रेसलाई भनियो, यसलाई मान । नेपाली कांग्रेसले उबेला गान्धीजीलाई सोध्यो, के गरौं ?
गान्धीजीले मात्रिकाप्रसाद कोइरालालाई चिठी लेख्नु भो ‘देखो भाइ, हम तो बनियाँ का बच्चे है । जो मिलता है, ले लो, बाद मे कुछ ढूंडो ।

तर, भएन । कांग्रेसले चुनाव स्वीकार गर्दाखेरि पनि बरु पद्म समशेरलाई मोहन समशेरले हटाइदिए । शासन चल्यो । ललाटमा लेखाएर ल्याउनुपर्छ सिंहदरबारमा उभिनलाई भनेर मोहन समशेरले भने । त्यसपछि कांग्रेसले बन्दुक उठाउनुपर्‍यो । अनिमात्रै त्यो ललाटको कुरा, आस्थाको कुरा सकियो ।

दोस्रो उदाहरणः

संसदीय व्यवस्थाबाट जुन समाज र राज्यको अन्तरद्वन्द्वहरुको निरुपण हुँदैन भन्ने आस्थाको द्वन्द्व थियो । बाबुरामजीहरु यो संसदबाट हुँदैन भनेर बन्दुक लिएर निस्किनुभयो । अन्ततः बन्दुकबाटै आस्थाको द्वन्द्वको निरुपण भयो, संसदबाट भएन ।

अहिले पनि यो आस्थाको द्वन्द्व छ । आस्थाको द्वन्द्व केमा छ भने एकथरि भन्दैछन् कि ललाटमा लेखाएर ल्याएको नेपाली राष्ट्रियताको ठेकेदार हामी हौं । हामीले दिएको ठाउँमा बस्ने हो भने ठीक छ, हामीले दिएको लिएर बस्ने हो भने ठीक छ, नभए चाहिँ यहाँ ठाउँ छैन ।

अहिले पनि यो आस्थाको द्वन्द्व छ । आस्थाको द्वन्द्व केमा छ भने एकथरि भन्दैछन् कि ललाटमा लेखाएर ल्याएको नेपाली राष्ट्रियताको ठेकेदार हामी हौं । हामीले दिएको ठाउँमा बस्ने हो भने ठीक छ, हामीले दिएको लिएर बस्ने हो भने ठीक छ, नभए चाहिँ यहाँ ठाउँ छैन । मधेसीहरु, जनजातिहरु भन्दैछन् कि त्यो ललाटमा लेख्ने दिन अब गए । हामीले हाम्रो ललाट आफैं लेख्ने हो । अहिलेको आस्थाको द्वन्द्व यही हो ।

अब यो आस्थाको द्वन्द्व निरुपणका लागि बाबुराम भट्टराईले संवैधानिक बाटो खोजिराख्नुभएको छ, यो बहुत राम्रो कुरा हो । तर, जब यो संविधान लेखिएकै गलत मनसायले हो र यो प्रतिगमन हो भने यसलाई कति सच्चाएर, कहाँ पुर्‍याउने ? गणेशमान सिंहजीको भाषामा गधालाई धोएर पनि कहीँ गाई बन्छ ? आस्थाको द्वन्द्व यसरी समाधान हुन्छ ? आस्थाको द्वन्द्व समाधानका लागि यसलाई हटाएर कि अर्को संविधान ल्याउनुपर्‍यो ।

तीनवटा तरिका हुनसक्छः

एकः तपाईहरुजस्ता नेताहरुले राजनेताको गुण देखाएर, एकै ठाउँमा बसेर जहाँबाट गल्ती भएको हो, १६ बुँदे षडयन्त्र, त्यहाँबाट फर्केर पहिलो संविधानसभाका मुद्दाहरुलाई स्वामित्व त लिनु भो, तर, लागू गर्नुभएन, त्यो स्वामित्वलाई कार्यान्वयनमा लाने । यसका लागि तपाईहरु आफैं राजनेता बन्नुपर्‍यो ।

होइन भने दोस्रोः भनेको वैदेशिक हस्तक्षेप निम्त्याएर हामीले समाधान गर्न सकेनौं भन्नुपर्‍यो । हामीले सकेनौं, हामी सबै पुच्छर झरेका बाँदर हौं, तिमीहरुले मिलाइदेऊ भनेर विदेशीलाई गुहार्नुपर्‍यो ।

हैन, तेस्रोः विकल्प भनेको चाहिँ अब सत्ता भनेको सरकार र विपक्षी दुबै हो । सरकार र विपक्षी दुईटै सडकमा छन् । र, बहिस्किृत पनि सडकमा छन् । दुबै सडकमा भएका बेला संसदमा के बाटो खोज्ने ? कहाँबाट संसदबाट बाटो निस्किन्छ ? बरु अर्को द्वन्द्वको प्रतिक्षा गर्ने हो । त्यो कसैले रोकेर रोकिँदैन । त्यो प्रतिक्षा गर्ने अवस्थामा हामी पुगेका छौं ।

यो कुरा बडो निराशाजनक जस्तो लाग्छ । गालिबको एउटा शेर छ

कोई उम्मीद बर नहीं आती
कोई सूरत नज़र नहीं आती
आगे आती थी हाल ए दिल पे हँसी
अब किसी बात पर नहीं आती

पहिले बडो हाँस उठ्थ्यो नेताहरु के गरिरहेका छन् भनेर । अहिले हाँस उठ्न पनि छोड्यो । रुन पनि मन लाग्दैन । जे हुनु छ, त्यो हुन्छ भन्नेमा, भाग्यवादमा जाने अवस्था आइपुग्यो ।

अनलाइन खबर बाट

तपाईको प्रतिक्रिया