
पृष्ठभूमीः
थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करारगर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाकोबखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरुबीच प्रतिस्पर्धा तिब्र हुनेहुन की भन्ने चिन्ता पक्कै थियो । अहिले पनि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा थारु विद्यार्थी परिवार रहेको बुझिन्छ जबकी २०६२ साल जेष्ठ १६ गते थारु विद्यार्थी समाजको तेस्रो महाधिवेशन धनगढी, कैलालीमा सम्पन्न भइरहँदा थारु विद्यार्थी समाज र थारु विद्यार्थी परिवारबीच एकताको सम्झौतामा हस्ताक्षर भई थारु विद्यार्थी समाजकै व्यानरमा एकताबद्ध हुने भनिएको थियो । त्यस महाधिवेशनले थारु विद्यार्थी परिवारको सदस्य नरेशलाल कुशुम्यालाई केन्द्रिय सदस्यमा निर्वाचित गरेको र नेपालगञ्जमै केन्द्रिय बैठक सम्पन्न गरी संगठनलाई जोड्ने पहल गरियो ।
साँचिकै भन्ने हो भने यो पश्चात थारु विद्यार्थी समाजले देशभरी नै लोकतन्त्रको विपरित लहर विरुद्ध गणतन्त्रको लागि संघर्ष घनीभूत बनाउने तयारी गरे । थारु कल्याणकारिणी सभाले माघ १९ को राजा ज्ञानेन्द्रको कदमलाई स्वागत गरे ।
साँचिकै भन्ने हो भने यो पश्चात थारु विद्यार्थी समाजले देशभरी नै लोकतन्त्रको विपरित लहर विरुद्ध गणतन्त्रको लागि संघर्ष घनीभूत बनाउने तयारी गरे । थारु कल्याणकारिणी सभाले माघ १९ को राजा ज्ञानेन्द्रको कदमलाई स्वागत गरे । तर थारु विद्यार्थी समाज गणतन्त्रको पक्षमा उभिएकोले निरन्तर संघर्षको बाटो रोजे । थारु समाज दुई ध्रुवमा विभक्त भएको सो समय थारु विद्यार्थी समाजले अग्रपन्थी धार पक्रे । त्यसले थारु विद्यार्थी समाजको आधारलाई बलियो बनाउने काम गर्यो ।
थारु विद्यार्थी समाज दवाव र जागरणको भूमिकालाई आफ्नो कार्यभार तय गरे । यसले थारुको अधिकार संघर्षको बाटोबाट मात्र सुनिश्चित गर्न सकिने मान्यता विकास गर्यो । थारु विद्यार्थी समाजको चौथो महाधिवेशन घोराही, दाङमा सम्पन्न गरिसकेपश्चात त्रिभुवन नगर नगरपालिकाको नयाँ नामाङ्करण इन्कार गर्ने र घोराही नगरपालिका पुनःनामाङ्करण गर्ने भन्ने राष्ट्रिय प्रस्ताव पारित गरेर संघर्ष चलाउँदै आयो ।
अन्ततः घोराही नगरपालिका नै कायम गर्न सरकार राजी भयो । शायद थारु विद्यार्थी समाजको पहलकदमी नहुँदो हो त थारुको पहिचानपरक आन्दोलनले गतिलिने स्थिति बन्ने थिएन । तर सहज परिस्थितिमा नेतृत्व लिनेको ताँती नै लाग्यो । राजनीतिक पार्टीमा लागेका व्यक्तिहरु समेत सहज परिस्थितिको मौका छोपी नेतृत्व हत्याउन तयार देखिए जुन थारु विद्यार्थी समाजमा सहज थिएन । थारु विद्यार्थी समाजको र्याङ्क तथा फायलमा एक तहसम्मको नेतृत्व तयार थियो र यसको समयावधि पनि छोटो भएकोले नेतृत्वको स्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ ।
यहाँ भन्न खोजीएको कुरो के भने थारु कल्याणकारिणीसभा संस्थागत रुपले कुनै पनि सवालमा पहलकदमी लिनेछैन किनकी त्यहाँ न कुनै चिन्तन हुन्छ न ठोस दृष्टीकोण नै । यो केवल अरुको निर्देशन पालन गर्ने आत्माविहिन कठपुतली नै हो ।
विद्यार्थी सभाको गठन र प्रतिस्पर्धाको मार्गः
थारु कल्याणकारिणी सभाको निक्कै अगाडिको तयारी हो थारु विद्यार्थीसभा स्थापना गर्ने । यो थारु विद्यार्थी समाजको विकल्पमा भनिए पनि यथार्थमा त्यो देखिदैन । थारु कल्याणकारिणी सभासँग थारु विद्यार्थी समाजको प्रतिस्पर्धा रहेको छ र दवाव तथा जागरणको भूमिकाले सो प्रतिस्पर्धामा थारु विद्यार्थी समाजको वैचारिक धार प्रभावीरहेको बुझाउँदछ । यहाँ भन्न खोजीएको कुरो के भने थारु कल्याणकारिणीसभा संस्थागत रुपले कुनै पनि सवालमा पहलकदमी लिनेछैन किनकी त्यहाँ न कुनै चिन्तन हुन्छ न ठोस दृष्टीकोण नै । यो केवल अरुको निर्देशन पालन गर्ने आत्माविहिन कठपुतली नै हो । यो एक हिसावले ठीमहा संस्था हो जसलाई सरकारले नै केही आर्थिक स्रोत जुटाइ दिएर थारुको परम्परागत संस्थालाई निरन्तर कमजोर बनाउँदैछ । अहिले यसको मातहतमा थारु विद्यार्थीसभा नामको अर्को ठीमहा संस्थाको गठन गरेको छ । एउटा भातृ संस्थाकोरुपमा तर कुनै अमुकदलको पिछलग्गु यो संस्थाको नेतृत्वकर्ता उभ्याउँदा न त यसको भविष्य नै छ । त्यसो त केही लोभीपापीको चित्त फेरि त्यस्तै पदले बुझ्ने हो । बरु त्यस्ता दलले त आफ्नो भातृसंगठनतिर संलग्न गराउँदा नै लाभ लिन सकिने देखिन्थ्यो । बरु त्यस्ता व्यक्तिहरु सोही दलको विभागीय जिम्मेवारी लिएको खण्डमा प्रतिस्पर्धा स्वस्थ बनाउन सकिन्थ्यो ।
अहिले राजनीति दलीय प्रतिस्पर्धाको आधारमा चलेको सत्य हो । थारु विद्यार्थी समाजको संलग्नता कुनै दल अथवा कुनै राजनैतिक विचारसँग छैन । यो थारु जातिको दवाव समुह पक्कै हो जसको अगुवाईमा वास्तविक विपक्षीको भूमिका प्रतिविम्बित हुन्छ । थारु जाति उपर जहिलेसम्म यो राज्यको औपनिवेशिक चरित्र कायम रहन्छ, तबसम्म दवाव र जागरणको भूमिकालाई सशक्त बनाउने कामको नेतृत्व लिने हो । यो थारु विद्यार्थी समाजको प्रतिबद्धता नै हो । अहिले काठमाण्डौमा माघी आफ्नै नेतृत्वमा सम्पन्न गरेर जनताको पक्षमा उभिन तयारी गर्दैछ भने अर्कोतिर थारु विद्यार्थीसभा जस्तो ठीमहा संस्थाले सिर्जना गरेको भ्रम चिर्न दृढ संकल्पित छ । यो लडाई धेरै दिन चल्नेस्थिति छैन । किनकी थारु विद्यार्थी समाज शहिद कमल चौधरी र विपीन खडकाको रगतले सिंचिएको धरातल अझ सशक्त बनाउन जोडबल गर्दैछ । र, यसले टीकापुर कथालाई थप प्रतिबद्धताकासाथ आफ्नो जीवनमा उतार्न खोज्दैछ । विगतको पहिलो केन्द्रिय समितिको बैठकले यो तथ्यलाई आत्मसात गरेर नै संगठन तथा संघर्षको लाईनलाई पारित गरेको छ । २०७३ को माघीलाई समेत संघर्षकैरुपमा मनाउने निर्णय हुनुले यस अवसरमा केही भ्रम सिर्जना गर्न सकिन्छ कि भन्ने गलत मनसाय बोकी स्थापना गरिएको थारु विद्यार्थी सभा अन्ततः थारु विद्यार्थीहरुलाई उपयोग गर्ने नीतिको औजार बन्छ । थारु महिला सभा, थारु युवा सभा लगायत अन्यजस्तै यो गोलचक्करमा फँस्ने छ ।
यो यकिनका साथ भन्न सकिन्छ कि आफ्नो कमजोरी लुकाउन दोष जति अरुमा थोपरिने ती विगतका अभ्यासहरु रोक्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु अनिवार्यरुपले कार्यान्वयनमा लग्नु पर्ने बेला अर्कोतिर विभ्रम सिर्जना गर्नपट्टी लाग्नु नै दुराशय हो ।
विकल्प कि विभ्रमः
थारु विद्यार्थी सभा आफ्नै कारणले थारु विद्यार्थी समाजको विकल्प होइनन् । यसको स्थापना नै कुनै अमुक पार्टीको कार्यकर्ताको संलग्नतामा भएको छ । ती जो आफ्नै जीवनमा संकट व्यहोर्दै मौकापरे विदेश पलायन हुनसक्ने देखिन्छन् । उनीहरुको यसले रहर चाहिं पुराहुने पक्का छ । यसको अर्थ थारु विद्यार्थी समाज यसखाले विभ्रमको अन्तगर्न सक्षम छ र आवश्यक परे थारुको आफ्नै सत्ता जन्माउनका लागि भूमिका निर्वाह गर्न योगदान दिनेछ । लैबरी पाराले थारु कल्याणकारिणी सभाको छत्रछाँयामा बाँच्नु पर्ने दिन भविष्यमा पनि देख्न नपरोस् ।
अहिले थारु विद्यार्थी समाज महाधिवेशनको दर्वियान सिर्जना भएको संकटलाई निपटारा गर्दै तङ्ग्रीने वातावरण तयार गरेको छ र विगतका विविध कमजोरीलाई क्रमशः हटाउने चेष्टा गर्दैछ । विगतको उपत्यका अधिवेशनमा देखिएका मनोमालिन्य न्युन गर्न सहमतिमा नै उपत्यका समितिको विघटन गरियो भने नेतृत्व वर्गलाई आत्मगत तयारी चाहिन्छ भनेर अग्रजहरुसँग र सल्लाहकारहरुसँग निरन्तर छलफलमा रहने कामसँगै संगठनको जिम्मेवारी बाँडफाँड गर्ने योजना अगाडि बढाउनु भन्दा अगाडि नै असक्षम सावित हुने डरले बाहिरिएकाहरुको पहलमा गठन भएको संस्थासँग कुनै प्रतिस्पर्धा रहने छैन । यो यकिनका साथ भन्न सकिन्छ कि आफ्नो कमजोरी लुकाउन दोष जति अरुमा थोपरिने ती विगतका अभ्यासहरु रोक्न केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु अनिवार्यरुपले कार्यान्वयनमा लग्नु पर्ने बेला अर्कोतिर विभ्रम सिर्जना गर्नपट्टी लाग्नु नै दुराशय हो ।
अन्तमा, थारु विद्यार्थी समाजको अस्तित्व कानुनी रजिष्ट्रेशनले मात्र रक्षागर्ने होइन र विद्यार्थीहरुको भरोसा र आस्थाको केन्द्र बन्दा नै जोगिने तर्कसँग सहमत बन्दै थारु विद्यार्थीसँगको सम्बन्ध निरन्तर जीवित राख्न संयन्त्रको विकास गरिनेछ । अहिले विद्यार्थीको सिफारिश गरेर थारु कल्याणकारिणी सभाले उनीहरुको शोषण गर्दैछ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट उपलब्ध गराउने सुविधा लिन एउटा सिफारिशको सैयौं रुपैयाँ नगद निचोरेर मातिएका दलालहरुसँग नयाँ ढंगले संघर्ष चलाउने हो भने अब कुनै बुख्याँचा उभ्याएर होइन, सिधैं ती शोषणकारी संयन्त्रसित जुध्नु परेको छ । तसर्थ यसमा अवरोधक देखिने जुनकुनै तत्वहरुसँग थारु विद्यार्थी समाज मुकाविला गर्न तयार रहनु पर्दछ । थारु विद्यार्थी समाज विद्यार्थीको हक स्थापित गर्न र समुदायमा उनीहरुको अस्तित्व सम्मानजनक तुल्याउन आफ्नै पहलकदमीमा चुनौती पारगर्ने दिसा लिने हो भने बाँकी अरु तपसिलका चिजहरु ठहर हुनेछन् । यतिबेला सम्पूर्ण अग्रजहरुको ध्यान थारु विद्यार्थी समाज कसरी चुनौती पार लगाउँछ भन्नेतिर मोडिएको छ र उनीहरुको संलग्नतामा थारु विद्यार्थी समाजको स्थायी परिषद क्रियाशिल भएकोले स्वभाविकरुपमा थारु विद्यार्थी समाज आफ्नो रक्षा आफैं गर्न सकिने देखिन्छ । एक दिन सच्चाई जरुर सतहमा आउने छ र थारु विद्यार्थी समाजको आवश्यकतालाई सबैले आत्मसात गर्नेछन् ।
(लेखकः थारु विद्यार्थी समाजका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।)



