
बनावटी झुठ्ठा मुद्दामा जेल बसाई १६ महिना पुग्दैछ । दैनिक दशबाह्र जना भेट्न आउँछन । दर्जनौ नेता र साथीहरुको खबर, सन्देश भेट्न आउनेहरुबाट पाउँदैछौ । अचेल सबैले सोध्ने गरेका छन ।
किन राजीनामा दिनु भो ? अब कुन पार्टीमा प्रवेश गर्ने ? गच्छदारसँग के मिलेन ? के सोचेर राजीनामा गर्नु भो ? कहिले छुट्ने हो ? भित्रको खाना, सुत्ने, लत्ताकपडा, खर्च कसरी चल्दैछ ? पुलिस प्रशासनको व्यवहार कस्तो छ ? यस्तै यस्तै । देशैभरिका साथी, नेताहरुको सन्देशसंगै जिल्ला जिल्लाको हालत सुनाउँछन । निश्चितै हो दशौहजार मेरा साथीहरुको यस्तै यस्तै जिज्ञासासंगै रिहाईको पर्खाइमा अवस्य छन् होला ।
विश्वास गर्नुस, थरुहट आन्दोलन संघीयता प्राप्तिको आन्दोलन मात्रै होइन । यो त हामीमाथिको लामो समयको दासत्वको अन्त्यगर्ने शसक्त शान्तिपूर्ण बुलन्द एकताको आन्दोलन हो ।
अझ बढी चिन्ता गर्ने साथीहरुले अपेक्षा गरेको विषय लक्ष्मण थारु परिपक्व, स्थिर, सहनशील, धैर्यवान, गम्भिर, बनोस, देखियोस भन्ने आशा अवश्य पूरा गर्ने छु । हजारौ पटक सोचेर मात्रै अबको निर्णय लिनुछ । विश्वास गर्नुस, थरुहट आन्दोलन संघीयता प्राप्तिको आन्दोलन मात्रै होइन । यो त हामीमाथिको लामो समयको दासत्वको अन्त्यगर्ने शसक्त शान्तिपूर्ण बुलन्द एकताको आन्दोलन हो । जेलनेल, यातना, झुठ्ठा, मुद्दा, अपमान, हाम्रो थारु समाजमा अझै बढी हुनेछ किनकि शासकहरु भ्रष्ट, लोभीपापी, षड्यन्त्रकारी, क्रुरा छन् । जसले देशको जल, जंगल, जमिन, बेचिखाएका छन् ।
आजीवन जेल बस्न तयार छु तर थारुमाथिको दासत्वका विरुद्ध अन्तिमसम्म लडी राख्ने छु । जनता कहि कतै हारेका छैनन् । हामी थारुहरु देशको साधनस्रोत माथि कहिल्यै लुट गरैनौ । जातिय सद्भाव बिगार्ने दंगा कहिल्यै गरेनम । कृतेगरि अरुका सम्पत्ति कहिल्यै खाएनम् । जे गरेम, जे खाएम, आफ्नै पौरखले खायौं ।
जातिय सद्भाव बिगार्ने दंगा कहिल्यै गरेनम । कृतेगरि अरुका सम्पत्ति कहिल्यै खाएनम् । जे गरेम, जे खाएम, आफ्नै पौरखले खायौं ।
फोकटमा बनावटी झुठ्ठा मुद्दामा लामोसमय जेल बस्नुको पीडा छँदैछ । ५० हजारभन्दा बढी जनताको सहभागिता रहेको त्यो दिनको जनताको आन्दोलनमा के कसरी त्यो हिंसात्मक घटना घट्यो ? दुःखद र दर्दनाक छँदैछ, त्यसैको मौकाछोपी बन्दुक र सत्ताको पावरमा थारुहरुलाई जेल, नेल यातना दिनु दुुर्भाग्य हो । आशा छ सम्मानित अदालतले निर्दोषलाई न्याय, दोषीलाई सजाय दिनेछ ।
नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको कडा करफ्युकाबीच दर्जनौ थारुहरुको घर पसलमा छानी छानी आगजनी, लुटपाट, चोरी, दिउँसै कसरी भयो ? गुण्डाहरुलाई त्यो अधिकार कसले दियो ? भविष्यमा यसको सत्यता निश्चितरुपमा सबैसामु आउने छ ।
आदरणिय मित्रहरु,
कुनै पार्टीमा प्रवेश गर्ने सोच बनाएको छैन । तर राजनीतिबाट भाग्ने छैन । जेलबसाई व्यक्तिगत स्वतन्त्रताका लागि राजीनामा गरेको छु । हो हाम्रो नेपाली समाज जातिय, वर्गीय, क्षेत्रीय, धार्मिक, अन्तरविरोधले छट्पटीदै छ ।
बिजय गच्छदारसंग व्यक्तिगतरुपमा राम्रै छ । परिवारको भाइसमान सम्मानित व्यवहार र सहयोग गर्छ तर राजनीति भावनात्मक मात्रै हुदैन । गच्छदार स्थापित र नेपालकै लागि सोच्ने राजनैतिक एक हस्ती हुन । थारु समाजबाट यो स्तरको राजनैतिक नेतृत्व जन्माउने कैयौवर्ष पर्खिनु पर्ला । फेरिपनि उनी एउटा संकुचित घेरामा कैद हुदै गएकोमा दुःख लागेको छ ।
थरुहट आन्दोलनको बलिदानबाट आफैले जन्माएको पार्टी छोडी गच्छदारलाई आत्मैदेखि सहयोग गर्ने र पार्टी प्रवेश गरेका हौ । तर एउटा शर्त थियो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको नाम परिवर्तन गरी कुनै जात, समुदाय, क्षेत्रको गन्ध नआउने राष्ट्रिय पार्टी महाधिवेसनबाट बनाउने ।
एकजना मधेसी नेताको धम्कीले पार्टीको नाम परिवर्तन स्थगित छ रे । सुन्दैछु स्थानीय चुनावपछि मात्रै नाम परिवर्तन गर्ने रे । वास्तविकता के हो ?
दोस्रो संविधानसभा निर्वाचनको प्रचारप्रसार सुरु भैसकेकोले त्यतिबेला पार्टीको नाम परिवर्तन सम्भव भएन । चुनावमा धेरै हारयौं, थोरै जिते । २०७३ बैशाख २३ गते महाधिवेसन प्रतिनिधिहरु ८० प्रतिशतले पार्टीको नाम मधेशी हटाएर लोकतान्त्रिक फोरम’ बनाउने मतदान गरे । तर दुर्भाग्य, पार्टीको नाम हालसम्मै परिवर्तन भएन ।
एकजना मधेसी नेताको धम्कीले पार्टीको नाम परिवर्तन स्थगित छ रे । सुन्दैछु स्थानीय चुनावपछि मात्रै नाम परिवर्तन गर्ने रे । वास्तविकता के हो ? गच्छदारलाई नै थाहा होला ।
दोस्रो संविधानसभा निर्वाचनमा लाज मानिमानि मधेसी पार्टीबाट भोट माग्यौ । तर अब फेरि मधेसी पार्टीकै नाममा भोट माँग्न सकिदैन । सबैको पहिचान छ । मधेसी पहिचान हामी हाम्रो होइन तर मधेसी बलिदान हामी सम्मान गर्छौ । थरुहटले गरेको बलिदानीको सम्मान खै ? लिम्बुवान, तामाङसालिङ, मगरात, नेवा, दलित, मुश्लिम, पहाडेबाहुन, क्षेत्रीको बलिदानीको सम्मान खै ? सबैको बलिदान, पहिचान, भावना कसैको कमी छैन । सबैको सम्मान गर्न सक्नैपर्र्छ । दम्भ, घमण्ड, संर्किणताले नेता भइदैन । सम्मान पाउन अरुको पनि सम्मान गर्न सिकौ ।
कति कतिबेला गच्छदार मनोगत हुँदा दुःख लाग्छ । उनलाई घेराबन्दी गरी खतम गर्न ठूलो शक्ति पार्टी बाहिर र भित्र लागैकै छ । जुन हामी चाहदैनौ । गच्छदार हिम्मत गर, पार्टीको नाम परिवर्तन गर ।
गच्छदारले दिलखोल्न सक्नुपर्छ । संकिर्ण घेरा तोडेर सबैको नेता बन्ने हिम्मत गर्नैपर्छ । यदि त्यही मधेसी पार्टीकै नामले राजनीति गर्ने सोच हो भने धेरै ठूलो हारको सामना स्वीकार्नुको विकल्प रहँदैन । मैले यस विषयमा विगत तीन वर्षदेखि लगातार छलफल गरेको छु । कैलाली जेलमा भेटनआउँदा समेत गच्छदारलाई भनेको छु । पार्टीको नाम परिवर्तन कहिले गर्ने ?
कति कतिबेला गच्छदार मनोगत हुँदा दुःख लाग्छ । उनलाई घेराबन्दी गरी खतम गर्न ठूलो शक्ति पार्टी बाहिर र भित्र लागैकै छ । जुन हामी चाहदैनौ । गच्छदार हिम्मत गर, पार्टीको नाम परिवर्तन गर । थरुहट, लिम्बुवान, तामाङसालिङ, नेता, दलित, मुश्लिम पहाडेबाहुन, क्षेत्रीको भावना, बलिदान सम्मान गर । सुखद समाचारको पर्खाइमा छौ । बिलम्ब कति दिन टिक्ला ? आन्दोलनको विकल्प छैन यदि मुक्ति पाउने हो भने ।
(कैलाली कारागारबाट)



