प्रेस काउन्सिल नेपालको वर्गीकरणमा तीनवटा थारु पत्रिका पर्न सफल


काठमाडौं, पुस १७ गते । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०७१, ०७२ को पत्रपत्रिका वर्गिकरणको नतिजा आइतबार सार्वजनिक गरेको  छ । नतिजाअनुसार तीनवटा थारु पत्रपत्रिका वर्गिकरणमा पर्न सफल भएका छन् ।

वर्गिकरणको नतिजाअनुसार कैलालीको धनगढीबाट प्रकाशन हुने पहुरा थारु दैनिक यसवर्ष (ख) वर्गमा परेको छ । त्यस्तै, दाङबाट प्रकाशित हुने लौव अग्रासन साप्ताहिक पनि (ख) वर्गमा परेको छ ।

दाङ देउखुरीबाट प्रकाशनमा रहेको त्रैमासिक थारु साहित्यक पत्रिका लावा डग्गर यस वर्ष पहिलो पटक (क) वर्गमा पर्न सफल भएको छ । छविलाल कोपिलाको सम्पादन तथा प्रकाशनरहेको सो पत्रिका नियमित प्रकाशित हुँदैआएको छ ।

तपाईको प्रतिक्रिया