गंगा थारुले किर्ते हस्ताक्षर गरी दल दर्ता गरेको खुलासा


काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले किर्ते हस्ताक्षर गरेर दल दर्ता गरेको आरोप थरुहट पार्टीले लगाएको छ । सांसद थारुले निर्वाचन आयोगमा पुस १० गते पार्टी दर्ता गर्नुभएको थियो ।

थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले सांसद सत्गौंवाले आफ्नो दलका केन्द्रीय सदस्य ईश्वरी चौधरी र मुन्नी चौधरी (कञ्चनपुर) को किर्ते हस्ताक्षर गरेको पाइएको बताउनुभयो । ती सदस्यहरुले निवेदन दिएर आफूहरुको सहमति र हस्ताक्षर नरहेको बताएपनि थरुहट पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

कानून बनाउने विधायन समितिकी सभापति रहनुभएकी सत्गौंवाले आफ्नो पदको दुरुपयोग गर्नु गम्भीर अपराध भएको सो दलले भनेको छ । सांसद पदको मोह त्याग्न नसकी बचाउने दाउमा गंगा थारुले गरेको निन्दनीय कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं सो दलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सत्गौंवालाई कारवाही गर्नका लागि सवुद प्रमाणसहित निर्वाचन आयोगमा दलको तर्फबाट पत्र पठाइसकिएको पनि सचिव मिनराज थारुले जानकारी दिनुभयो । दुवैजना केन्द्रीय सदस्यहरु थरुहट पार्टीमै यथावत रहेको पनि सचिव थारुले जानकारी गराउनुभएको छ ।

हेर्नुहोस दलले प्रेसित गरेको विज्ञप्तीको पूर्णपाठ

श्रीमान सम्पादम एवं व्यवस्थापक ज्यू
जय थरुहट

गंगा चौधरी सत्गौंवा ले नीहित व्यक्तिगत स्वार्थकालागि पहिचान विरोधी शक्ति केन्द्रहरुको लोभलालच र प्रलोभनमा परी थरुहट तराई पार्टी नेपालको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरित कार्य गर्दै, पार्टीलाई विभक्त गरी निर्वाचन आयोगमा थरुहट तराई पार्टी नेपाल लोकतान्त्रिकको नामबाट दल दर्ताको लागि विभिन्न डकुमेन्ट सहित दिएको निवेदनमा थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्यहरु ईश्वरी चौधरी र मुन्नी चौधरी (कञ्चनपुर) को सहमती विपरित मनोमानी ढंगले कार्य समितिको सदस्य पदमा नाम समावेश तथा किर्ते दस्तखत गरी दल दर्ताका लागि निवेदन पेश गरेको कार्यप्रति थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको    छ ।
कानून बनाउने विधायन समितिका सभापति जस्तो गरिमामय स्थानमा बस्नु भएका सत्गौंवाले आफ्नो पद र जिम्मेवारीको कुनै हेक्का नराखी कानुनी बर्खिलाप गर्दै दल दर्ता गराउने नाममा कसैको इच्छा, चाहना, सहमति बिना नै आफ्नो दलको कार्य समितिमा नाम राखी किर्ते हस्ताक्षर गर्ने सत्गौंवाको कार्य कानुनीरुपमा गम्भिर अपराध हो । सांसद पदको मोह त्याग्न नसकी बचाउने दाउमा गंगा चौधरीले गरेको निनदनीय कार्यप्रति हामी घोर भर्तस्ना गर्दछौं । सत्गौंवाको यो गैर कानुनी कार्यका विरुद्धमा सबुत प्रमाण सहित आवश्यक कारबाहीको लागि निर्वाचन आयोगमा पत्र दर्ता गराई सकेको अवगत गराउदै द्धय केन्द्रीय सदस्यहरु थरुहट तराई पार्टी नेपालमै आवद्ध रहेको यसै प्रेष विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । यसै साथ प्रेस विज्ञप्ति र केन्द्रीय सदस्य मुन्नी चौधरी र इश्वरी चौधरीले निर्वाचन आयोगमा दिनु भएको पत्र संलग्न गरिएको व्यहोरा अनुराध छ ।

भवदीय
मिनराज थारु
सचिव
थरुहट तराई पार्टी नेपाल

तपाईको प्रतिक्रिया