थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम


भगतराम थारु
नेपालगन्ज, पुस २३ गते । थारु समुदायको नया“बर्ष अर्थात माघीपर्व नजिकिदै गर्दा थारु गाउ“घरमा माघीको रौनक बढदै गएको छ । थारु समुदायमा माघीलाई नयाँवर्षको रुपमा मनाउने गरेकाकारण यस पर्वलाई थारु समुदायले धुमधामकासाथ मनाउँछन् ।

माघी थारु समुदायका वासिन्दाहरुले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । माघी आउन केही दिन बाँकी रहँदा थारुगाउँमा माघीको रौनक छुट्टै रहेको गाउ“का अगुवाहरुले बताएका छन् । माघी पर्वलाई हलिया, मुक्तकमैयाहरु अथवा रैती या अन्य व्यक्तिहरु केही समयको लागि छुट्टी पाएका हुन्छन् ।

यसरी कामबाट मुक्तभएर अथवा स्वतन्त्ररुपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसकोरुपमा पनि हेर्ने गरिन्छ । माघी थारू समुदायको चाडमात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ गणनेता र नीति नियम निर्माण हुनेगर्छ ।

बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरुमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।

गाउँको अगुवा ककन्दारदेखि चौकीदारसम्म चुनिने, वर्षभरिकालागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घरसल्लाह लगायतका छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षकोरुपमा हेरिएको हो ।

माघी नजिकिदैगर्दा त्यसको तयारी पनि धमाधमकासाथ थालिएको छ । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरुमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।

माघीपर्व आउनु एक महिनादेखि नै विभिन्न तयारी गर्दैआएको थारु अगुवाहरुको भनाई छ । माघीकालागि गाउँमा चहलपहल बढ्नुका साथै देशबाहिर र भित्र रहेका युवाहरु समेत घर फर्किन थालेको थारुअगुवा बर्दिया बबई नगरपालिका– ७ का लहानु थारु बताउँछन् ।

उनकाअनुसार गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन, जाँड बनाउने र खानाका अन्य प्रकारकालागि चाँजोपाजो मिलाउनमा थारु समुदायका महिलाहरु व्यस्त छन् ।

माघीकै अवसरमा विभिन्न ठाउँमा मेला लाग्ने गर्छ । जस्तै बर्दियाको ठाकुरद्वारा, दाङको रिहार, कैलालीको बेहडाबाबा लगायतका ठाउँमा ठूलो मेला लाग्ने गर्दछ ।

माघीकै अवसरमा थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिसहरु एकठाउ“मा जम्मा भएर गाउ“को एक ठाउ“मा आगो वाली रातभर आगो तापेर रमाइलो गर्दछन् । राती आगो ताप्ने, भालेबासेसंगै नदि या खोलामा नहाउने समेत गर्ने चलन रहेको छ ।

नुहाएर आफुभन्दा ठुलालाई ढोग गरी नजिकै रहेको मन्दिर या तुलसामा जल (पानी) चढाउने समेत प्रचलन रहेको बुद्धिजिवीहरु बताउँछन् । माघको अघिल्लो दिन विहानै गाउ“घरका किसानहरु जम्मा भई बंगुर (थारु भाषामा जिता मार्ना) मारेर वरावर बा“ड्ने चलन समेत रहेको बा“केका सन्तोष दहितले बताए ।

माघ १ गतेलाई विशेष चाडकोरुपमा मानिने भएको हुनाले सोही दिन थारु प्रतिनिधिहरु नजिकै रहेको मेला घुम्नजाने पनि गर्छन् । माघीकै अवसरमा विभिन्न ठाउँमा मेला लाग्ने गर्छ । जस्तै बर्दियाको ठाकुरद्वारा, दाङको रिहार, कैलालीको बेहडाबाबा लगायतका ठाउँमा ठूलो मेला लाग्ने गर्दछ ।

माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवा लगायतका नाँच तथा सांस्कृतिक कार्यक्रमको समेत गाउँगाउँमा गरिन्छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा समेत उठाउने चलन रहेको दहितले बताए ।

तपाईको प्रतिक्रिया