लक्की चौधरी
काठमाडौं, पुस २२ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यसवर्ष पनि माघ १ गते काठमाडौंको टुँडीखेलमा भव्य माघी महोत्सव २०७३ आयोजना गर्ने भएका छन् । महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले गर्ने आयोजकले बताएको छ ।
यसअघि काठमाडौंमा एक ठाउँमा माघी महोत्सव मनाइदै आएको भएपनि गतसाल २०७२ देखि काठमाडौंमा दुई ठाउँमा माघी महोत्सव हुँदैआएको छ । यसवर्ष टुँडीखेलमै दुईवटा थारु माघी महोत्सव हुनेभएको छ । गतवर्ष एउटा माघी महोत्सव खुलामञ्चमा थियो भने अर्को महोत्सव दशरथ रंगशालामा थियो ।
थारु कल्याणकारिणीसभा उपत्यका समितिको संयोजकत्वमा हुने राष्ट्रिय माघी महोत्सवको उद्घाटन उपप्रधानमन्त्री निधीले गर्ने हुनुभएको छ भने थारु विद्यार्थी समाजको संयोजकत्वमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को उद्घाटन सभामुख ओनसरी घर्तीमगरले गर्ने बताइएको छ ।
यसअघिसम्म दुवै महोत्सवका आयोजकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख अतिथि बनाउने निमन्त्रणा दिएका थिए । तर प्रधानमन्त्री माघ १ गते देश बाहिर जाने कार्यक्रम तयभएकाले महोत्सवमा आउन नसक्ने बताएपछि आयोजकले विकल्पमा जान बाध्य भएको हो । विद्यार्थीका संयोजक रहेको महोत्सवमा पश्चिमाथारुको वर्चस्व रहेको छ भने सभाले संयोजन गरेको महोत्सवमा पूर्वीया थारुको वढी वर्चस्य रहेको देखिएको छ । यद्यपि दुवै महोत्सवको नेतृत्वकर्ता पूर्व सप्तरीकै हुनुहुन्छ ।
कल्याणकारिणीसभा उपत्यका समितिका संयोजक सुमन चौधरीले गर्नुभएको छ । त्यसैगरी विद्यार्थी महोत्सवको संयोजक विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले गर्नुभएको छ । दुवै पक्षकाले करिब ९० प्रतिशत तयारी पूराभएको बताएका छन् ।
महोत्सवको उद्घाटन उपप्रधानमन्त्री निधीले गर्ने हुनुभएको छ भने थारु विद्यार्थी समाजको संयोजकत्वमा हुने थारु राष्ट्रिय माघी महोत्सव २०७३ को उद्घाटन सभामुख ओनसरी घर्तीमगरले गर्ने बताइएको छ ।
विद्यार्थीका संयोजक चौधरीकाअनुसार महोत्सवमा कुल ८० वटा स्टल रहनेछन् । शुक्रबारसम्म ७० वटा स्थल बुकिङ भैसकेको छ । सो पक्षकाले महोत्सवको पूर्वसन्ध्यामा २८ गते मोटरसाईकल ¥याली, २९ गते रक्तदान र अन्तरक्रिया तथा माघ १ गते महोत्सवको उद्घाटन कार्यक्रम गर्नेतयारी भएको चौधरीले बताउनु भयो ।
तर यता सभाका संयोजक चौधरीकाअनुसार २७ गते माघीबारे पत्रकार सम्मेलन गर्ने, २९ गते मोटरसाईकल ¥याली गर्ने र १ गते महोत्सवको उद्घाटन गर्ने तयारी छ । दुवै पक्षको महोत्सव एकै प्राङ्गणमा हुने भएपछि अवलोकनकर्तालाई समेत सहज हुनेदेखिएको छ । महोत्सव एकै ठाउँमा गर्न दवाव दिइएको भएपनि आयोजकको मनमुताव र तिक्तताकाकारण दुई ठाउँमा हुने निश्चित भएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारसम्मको सहभागिता हुने आयोजकले बताएका छन् । महोत्सवमा खेलजगतमा उत्कृष्ट प्रदर्शन गर्ने थारु खेलाडीहरुलाई सम्मान गर्ने तयारी गरिएको छ । त्यस्तै, महोत्सवमा थारु झाँकी, नृत्य प्रदर्शनकासाथै थारु सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । महोत्सवमा प्रवेश निःशुल्क गरिएको संयोजक चन्द्रप्रसाद चौधरीले बताउनु भयो ।
महोत्सवको उद्घाटनका दिन विहान १० बजेदेखि भृकुटीमण्डपबाट झाँकी प्रदर्शन गर्ने तयारी दुवै आयोजकको तयारी छ । सभाले नेतृत्व गरेको महोत्सवमा बढीमा ५० वटा स्टल रहने र हालसम्म ४० वटा स्टल बुकिङ भैसकेको आयोजकले बताएको छ । महोत्सवमा थारु फुड फेष्टिबलको प्रदर्शन तथा विक्रीवितरण गरिने बताइएको छ । त्यसको अलावा थारु गरगहना, पोशाक, थारु पत्रपत्रिका, पुस्तक, हस्तकलाका सामानहरुको समेत प्रदर्शन गर्ने तयारी आयोजकले गरेको छ ।