कारी महतो थारु
खैरहनी (चित्तवन), पुस २३ गते । खिचरा महोत्सवबाट उठ्ने हरेक टिकटबाट एक रुपियाँ छुट्याएर असहाय तथा अनाथ बालबालिकालाई सहयोग गर्ने आयोजकले बताएको छ । त्यस्तै, उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पु¥याउने दुईजना पत्रकारलाई हरेकवर्ष पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले घोषणा गरेको छ ।
खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने चौथो खिचरा महोत्सवको अन्तिम तयारी बारे जानकारी गराउन शनिबार भएको पत्रकार सम्मेलनबाट उक्त कुरा उदघोष गरिएको हो ।
प्रवेश शुल्क (टिकट) बाट प्राप्त हुने प्रति टिकट रु. १।– असहाय तथा अनाथ बालबालिकाका लागि छुट्याईनुका साथै महोत्सवबाट बचत हुने रकम थारु साँस्कृतिक संग्रहालय भवन निर्माणमा खर्च गरिने जनाइएको छ ।
“राष्ट्रिय एकता र विविधता हाम्रो शान ! बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान !!” भन्ने मूल नारा रहेको चौथो खिचरा महोत्सवमा प्रवेशशुल्कका रुपमा रु. ४०।– र विद्यार्थीका लागि (परिचयपत्रका आधारमा) रु. २०।– कायम गरिएको आयोजकले बताएको छ ।
विविधतालाई राष्ट्रिय गौरव र सम्पतिकोरुपमा अङ्गिकार गर्दै सबै जातजाति, भाषा र संस्कृति संरक्षण र फल्नेफुल्ने अवसर पाउनु पर्दछ । महोत्सवको महत्वबारे प्रकाश पार्दै प्रचारप्रसार समितिका संयोजक सन्तकुमार चौधरीले बताउनुभयो । यस महोत्वसले आपसी एकता, सहयोग, भाईचारा, सद्भाव, सहअस्तित्व र सहसम्मानलाई प्रवद्र्धन गर्नेछ, चौधरीले भन्नुभयो ।
यसवर्षदेखि प्रवेश शुल्क (टिकट) बाट प्राप्त हुने प्रति टिकट रु. १।– असहाय तथा अनाथ बालबालिकाका लागि छुट्याईनुका साथै महोत्सवबाट बचत हुने रकम थारु साँस्कृतिक संग्रहालय भवन निर्माणमा खर्च गरिने जनाइएको छ । महोत्सव अवधिभर करीब बीसलाख खर्च गरी सातलाख बचाउने अनुमान आयोजकको छ ।
महोत्सव सम्पन्न गर्न ३०१ सदस्यीय खिचरा महोत्सव मुल आयोजक समिति र २५ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा थारु खानाका परिकारहरु जस्तैः चिचर, घोङ्घी, माछा, निचा, ग्वागा, नकगर रोटी, ढिकरी रोटी, हाँसको मासु लगायतको परिकार पाइनुका साथै अन्य फुडस्टलहरु रहने कुरा मूल आयोजक समितिका संयोजक नारायणप्रसाद महतोले बताउनुभयो ।
थारु सँस्कृति झल्काउने नाचगीतहरु जस्तैः झमटा, ठेकरा, झर्रा, झुमरी, रसधारी, डफ, फगुवालगायतका साँस्कृतिक नाचगीतकासाथै राष्ट्रिय र स्थानीय कलाकारहरुको साँगीतिक प्रस्तुति रहने जनाइएको छ । राष्ट्रिय कलाकारहरुमा कालीप्रसाद बासकोटा, अलमोडा राना, शशी रावल, माण्डवी त्रिपाठी, सञ्जय चौधरी, मनोज महतो, श्रीनिवास चौधरी, केशवराज महतो, दया सिवाकोटी, अञ्जन डल्लाकोटी लगायत गायकहरु आउने निश्चित भएको आयोजकको भनाई छ ।
त्यस्तै युवाहरुलाई लक्षित गरेर लाइभ इन कन्सर्टका लागि नेटिभ ब्याण्ड र इथोस ग्रुप पनि महोत्सवको आकर्षणका रुपमा रहने जानकारी साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानकारी दिनुभयो । लोकदोहोरीको डिमाण्ड बढी भएकोले मिलन लामा लगायत राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको वाद्यवादन टोलीसहित कलाकारहरुको विशेष प्रस्तुति रहने जानकारी गराइएको छ ।
थारु साँस्कृतिलाई जगेर्ना गर्नका लागि महोत्सव परिसरमा मिनि संग्रहालय बनाउने आर्थिक समितिका संयोजक रहनुभएका थाकस चितवनका पूर्व सभापति टिेन्द्र चौधरीले बताउनु भयो ।
महोत्सवमा कृषि उपज बाली बिरुवा प्रतियोगिताको पुरस्कारका लागि करीब ९० हजार छुट्याइएको र नृत्य प्रतियोगिताको पुरस्कारका लागि रु २५ हजार छुट्याइएको जनाएको छ । थारु साँस्कृतिलाई जगेर्ना गर्नका लागि महोत्सव परिसरमा मिनि संग्रहालय बनाउने आर्थिक समितिका संयोजक रहनुभएका थाकस चितवनका पूर्व सभापति टिेन्द्र चौधरीले बताउनु भयो ।
त्यस्तै सहआयोजकका रुपमा रहेको खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत, सहयोगी संस्था खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज श्रेष्ठ, नेपाली काँग्रेसका शशी खनिया, माओवादी केन्द्रका रामेश्वर पोखरेल लगायतले बोल्दै आफ्ना तर्फबाट हरेक कुरामा सक्दो सहयोग गर्ने बताउनुभयो ।