थारु समुदायमाथि राजनीतिक धोका भएको छः अध्यक्ष गच्छदार


काठमाडौं, पुस २३ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले विवादित पाँचवटा जिल्ला मिलाएर संशोधन प्रस्ताव परिमार्जन गरे संशोधन विधेयक पारित गर्नमा आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष गच्छदारले आफ्नो पार्टी कुनै पनि अतिवादको पक्षमा नरहेको बताउनुभयो । मुलुकको निकासका लागि जहिले पनि मध्यमार्गी भूमिका निर्वाह गरेको छु, चाहे त्यो संविधान जारी गर्नको लागि होस् या अरुबेला नै किन नहोस् भन्दै अध्यक्ष गच्छदारले अहिलेपनि आफू सहमति र निकासको पक्षमा रहेको दावीगर्नुभयो ।

प्रमुख दलहरुवीच सहमति, सहयर्का र एकताको अहिले पनि खाँचो रहेको उल्लेखगर्दै अध्यक्ष गच्छदारले सरकारले ल्याएको संशोधन विकेयक अपुरो रहेको बताउनुभयो । यो प्रस्तावले यथास्थितिमा समस्याको समाधान गर्दैन परिमार्जन गरेर ल्याउनुपर्छ गच्छदारले भन्नुभयो ।

समस्याको समाधान गर्नको लागि संविधान संशोधन गर्नुपर्छ भन्ने आफ्नो पार्टीको पहिलेदेखि नै माग रहेको उल्लेख गर्दै अध्यक्ष गच्छदारले ‘समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने जिकिर गर्नुभयो ।

हिजो संविधान जारीगर्दा ९० प्रतिशतले जारी गरेको भनेको होईन, खोई त कार्यान्वयनमा जान सकेको ? जिज्ञासा गर्दै अध्यक्ष गच्छदारले अहिले पनि दुईतिहाईको बहुमतले जान खोजेर समस्या समाधान नहुने बताउनुभयो । सहमति गरेर जानुको विकल्प नरहेको उहाँले तर्क गर्नुभयो ।

थारुहरुप्रति ठूलो राजनीतिक धोका भएको छ’ कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

पूर्व उप्रधानमन्त्री समेत रहेका अध्यक्ष गच्छदारले दलहरुवीच सहमतिमै संविधान जारी भएकोले कार्यान्वयनमा पनि सहमतिको खाँचो औल्याउनुभयो । उहाँले ७ प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने जिकिरगर्दै ८ प्रदेश बनाएमात्र समस्या समाधान हुने दावी गर्नुभयो ।

झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर निकै विवादित जिल्ला रहँदैआएका छन्, तर यो संशोधन प्रस्तावले यसको कुरा गरेको छैन, भन्दै अध्यक्ष गच्छदारले पाँच जिल्लालाई नछोएसम्म संशोधन विधेयक पारितमा आफूहरुले सहयोग नगर्ने प्रष्ट पार्नुभयो ।

थारुहरुप्रति ठूलो राजनीतिक धोका भएको छ’ कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा राख्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया