कारी महतो
खैरहनी (चितवन), पुस २६ गते । चौथो खिचरा महोत्सव २०७३ को नृत्य प्रतियोगिताको मंगलबार अडिसन राउण्ड सम्पन्न भएको छ । ४३ जनाले नामदर्ता गराएकोमा अडिसनबाट १५ जना छनौट भएको आयोजकले बताएको छ ।
छनौट भएका प्रतियोगीहरुले पुस २९ गते हुने सेमिफाइनल राउण्डमा खिचरा महोत्सवको स्टेजबाट आफ्ना नृत्यहरु प्रदर्शन गर्ने कुरा नृत्य प्रतियोगिता कार्यक्रमका संयोजक हरिशरण चौधरीले जानकारी दिनुभयो । सेमिफाइनलबाट सातजना उत्कृष्ट प्रतियोगीहरु माघ ४ गते हुने फाइनल राउण्डमा प्रवेश गर्ने छन् ।
फाइनलमा प्रथम द्वितीय र तृतीय हुनेलाई नगद १० हजार, ७ हजार र ५ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको छ । चार जनालाई जनही नगद एक हजार रुपियाँको दरले सान्त्वना पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिने छ ।
पर्सा रिल्याक्सिङ्ग एण्ड रिफ्रेस सेन्टरमा भएका अडिसनको निर्णायकमा नृत्य निर्देशक सुरेश चौधरी, साँस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरी, मञ्च व्यवस्थापन समितिका संयोजक रामचन्द्र चौधरी रहेका थिए ।