थारु पत्रकार संघ दाङ शाखले पुस २८ गते माघीडेवानी कार्यक्रम गर्दै


दाङ, पुस २७ गते । थारु पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा माघी डेवानी कार्यक्रम गर्ने भएको छ । संघले विहिबार सौडियार ९ सिसहनिया स्थिति नमूना थारु ग्राममा माघी डेवानी कार्यक्रम गर्ने जनाएका छ ।

थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितकाअनुसार माघी डेवानी कार्यक्रमको उद्दघाटन सभामुख ओनसरी घर्तिले गर्नुहुनेछ । बिहान साढे ९ बजे सभामुखबाट उदघाटन हुने कार्यक्रम रहेको अध्यक्ष दहितले बताए ।

यसैगरि माघी डेवानी कार्यक्रममो मुख्य आकर्षणको रुपमामा थारु समुदायको चर्चित मघौटानाच संगै विभिन्न थारु परिकारको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया