खिचरा महोत्सव २०७३ को विहिबार चित्तवनमा भव्य उदघाटन

कारी महतो
खैरहनी, (चितवन) पुस २८ गते । पुस २८ देखि माघ ५ गतेसम्म हुने चौथो खिचरा महोत्सव २०७३ को उदघाटन नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गर्नुभएको छ । बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा शुरु भई महोत्सव स्थलसम्म पुगेको थियो ।

महोत्सवको प्रवेश टिकट शुल्क रु ४० र विद्यार्थीका लागि रु २० कायम गरिएको आयोजकले बताएको छ । मूल आयोजक समितिमा रहनेहरुले समेत टिकट काट्नु पर्ने आयोजक समितिले व्यवस्था गरेको छ ।

महोत्सवमा थारु परिकारहरु जस्तै चिचर, घोङ्घी, माछा, हाँसको मासु, नकगर रोटी लगायतको परिकारका स्टलहरु रहनुका साथै थारु समुदायका लोपोन्मुख सामग्रीहरु, कृषि परिसर र बाल उद्यान मुख्य आकर्षण रहेको आयोजकको भनाई छ ।

महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय गायक कलाकार र थारुलगायत जातजातिका साँस्कृतिक नृत्य प्रस्तुत गरिने प्रचार प्रसार समितिका संयोजक सन्तकुमार थारुले बताउनुभयो ।

महोत्सवको सुरक्षाको लागि खैरहनी इलाका प्रहरी कार्यालयले पुलिस हेल्पडेस्क सञ्चालन गरेको इन्स्पेक्टर घजिन्द्रबहादुर कार्कीले बताउनु भयो । त्यसका साथै आयोजकले आन्तरिक सुरक्षाका लागि स्वयम्सेवकको समेत व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया