धनगढी, माघ २ गते । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको मुढा सडकखण्डमा आइतबार दिउँसो जीपको ठक्करवाट एक बालक कमल चौधरी (७) को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बा १२ च ९७६३ नम्बरको जीपको ठक्करवाट लम्की चुहा नगरापालिकाका कृष्ण चौधरीका ७ वर्षे छोरा कमल चैधरीको घटनास्थलमै मृत्यु भएको हो । वालकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पुर्याईएको प्रहरीले बताएको छ ।