फेसन डिजाइनर सुशीला चौधरीको थारु पोशाकको वृहत प्रदर्शन


काठमाडौं, माघ ३ गते । फेसन डिजाइनर सुशीला चौधरीले थारु माघी महोत्सवमा पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका थारु महिलाले प्रयोग गर्ने फेसन डिजाइन प्रदर्शन गर्नुभएको छ । उहाँलाई २२ वटा मोडलले प्रदर्शनका लागि साथ दिएका थिए ।

टुँडीखेलमा आयोजना भएको थारु राष्ट्रिय माघी महोत्सव २०७३ मा १५ मिनेट थारु संस्कृतिका पोशाक प्रदर्शन गरिएको फेसन डिजाइनर चौधरीले बताउनुभयो । प्रदर्शनमा पश्चिम नेपालका थारु महिलाले लगाउने लेहंगा, चोली, गुनिया लगायतको रहेको थियो । प्रदर्शनका क्रममा दर्शकदीर्घाले ताली पिटेर प्रदर्शनमा साथ दिएका थिए ।

फेसन प्रदर्शनमा थारु मोडलहरु सिष्टा चौधरी, सुभेच्छा चौधरी, लीला चौधरी, सुलोचना थारु, सिला चौधरी, रोशना चौधरी लगायत २२ जनाले साथ दिएका थिए ।

तपाईको प्रतिक्रिया