पाँच महिला साहित्यकार नेपालगञ्जमा सम्मानित


गोविन्द शर्मा
बाँके, माघ ९ गते । नेपालगन्जस्थित अलाउद्धिन स्मृति साहित्यिक सम्मान प्रतिष्ठानले पाँचजना नारी साहित्यकारहरुलाई सम्मानित गरेको छ ।

वर्दियाका गजलकार अनुपमा करारा, बाँकेका आख्यानकार कल्पना खरेल, दाङका कवि एवं गजलकारद्वय भवानी न्यौपाने र संगिता उपाध्याय तथा नेपालगञ्जका सायर एवं गजलगायिका फरहिन शैयदलाई सम्मान गरिएको हो ।

पाँचैजना नारी साहित्यकारहरुले गरेको साहित्य सृजना र साहित्यको विकासका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष अस्फाक संघर्षले जानकारी दिनुभयो । यसैगरी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यलाई पनि प्रतिष्ठानले समाजसेवी सम्राटकोरुपमा सम्मानित गरेको छ ।

पाँचैजना नारी साहित्यकारहरुले गरेको साहित्य सृजना र साहित्यको विकासका लागि पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष अस्फाक संघर्षले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा प्रतिष्ठानले साहित्यकार शौकात अलि शेष “शौकात बाबा”, हाजी आदिल फारुकी, हाजी गुलाम जिलानी “रंगरेज राही” र मो. उमर इद्रिसी असर गरी चारजनालाई मरणोपरान्त अलाउद्धिन स्मृति साहित्य सम्मान २०७३ ले सम्मानित गरेको छ ।

कार्यक्रममा वरिष्ठ कथाकार एवं प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्यसचिव सनत रेग्मी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिप्रसाद तिमिल्ेसेनालगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया