काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ १५ भित्र स्थानीय तहको निर्वाचनको घोषणा हुने बताउनुभएको छ । त्यसकालागि आगामी वैशाख अन्तिम साता स्थानीय तहको चुनाव हुने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले प्रमुख तीन दलबीच भएको सहमतिअनुसार सरकार माघ १५ गते भित्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको प्रष्ट पार्नुभयो । संसदीय मामिला पत्रकार समाजको संसदीय पत्रकारिता पुस्तकको काठमाडौंमा आइतबार विमोचन गर्दै प्रधानमन्त्री दाहालले त्यस्तो बताउनुभयो ।
बैशाक २५ देखि ३० गते देखि जेठको पहिलो सातासम्म स्थानीयतहको निर्वाचन हुने वातावरण रहेको प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचन विधेयक एक अर्काको परिपुरक भएको बताउनुभयो । संविधान ९० प्रतिशतले जारी गरेको भए पनि राजनीतिमा अंक गणितले मात्र हुँदैन भन्दै दाहालले मधेसी, थारु, तराई पहाड हिमाल सबैको सर्वस्वीकार्यताले मात्र देशले निकास पाउने चर्चा गर्नुभयो ।
संविधान ९० प्रतिशतले जारी गरेको भए पनि राजनीतिमा अंक गणितले मात्र हुँदैन भन्दै दाहालले मधेसी, थारु, तराई पहाड हिमाल सबैको सर्वस्वीकार्यताले मात्र देशले निकास पाउने चर्चा गर्नुभयो ।
कहिले ज्यामितिय हुन्छ, कहिले बिजगणित त कहिले अंकगणितीय हिसावले हुन्छ,’ प्रचण्डले भन्नुभयो, संविधानलाई सर्वस्वीकार्यता बनाउनका लागि मेरो ध्यान संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचनको मिति घोषणा गर्नमा छ।
प्रधानमन्त्री दाहालले निर्वाचनमा जान मधेशी मोर्चा पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावमा सहमति नभए पनि अर्को विधि अपनाएर भएपनि मधेशी मोर्चाको माग सम्बोधन गर्न आफू सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
मधेशी मोर्चाको मागलाई सम्बोधन गरेर निर्वाचनमा जान आफूसँग अर्को विधि रहेको उल्लेख गरेपनि त्यसबारे विस्तृत जानकारी भने दिनुभएन । संविधान संशोधनका लागि दाहालले तीनवटा विकल्प अघि सार्नुभयो । आवश्यक परिमार्जन र हेरफेर गरेर सहमतिका आधारमा संविधान संशोधन, सहमति नभए प्रक्रियामा अघि बढाउने, प्रक्रियामा पनि सहमति नभए स्थानीय तहको निर्वाचनका लागि मोर्चालाई मान्य हुने अर्को संशोधन विधेयक ल्याउने ।
एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले जनताले निर्वाचन चाहेकाले तत्काल तीनै तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो।
कार्यक्रममा सभामुख ओनसरी घर्तीले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन हुनेमा जनताले आशंका गरेको बताउनुभयो । संविधान कार्यान्वयनका लागि दलका गतिविधि सहि छन् त भनेर जनताले प्रश्न गरेकाले नेताहरूले जनताका आशंकालाई मेटाउनुपर्ने बताउनुभयो ।
एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले जनताले निर्वाचन चाहेकाले तत्काल तीनै तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो। निर्वाचनको मिति तत्काल घोषणा गरेर अघि बढ्नुको विकल्प नरहेको भन्दै सरकारलाई सचेत पनि उहाँले गराउनुभयो । उपनेता नेम्वाङले संविधान कार्यान्वयन गर्ने जनतासँग गरेको कवुल अनुसार दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा सांसद रमेश लेखक, लक्ष्मणलाल कर्ण, पत्रकारहरु युवराज घिमिरे, शिव गाउँले, विष्णु निष्ठुरी, राजेन्द्र फुयालले संसद र पत्रकारिताको अभ्यास र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले संसदीय पत्रकारिता नामक पुस्तकको लोकार्पण गर्नुभयो ।