सन्तकुमार चौधरी
चितवन माघ १० गते । गर्भवत्ति महिला सुनिता गुरुङको मृत्युको विषयमा छानविन गर्न गठन भएको समितिलाई पीडितपक्षले प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण माग गरेका छन् ।
मृतक गुरुङका श्रीमानसहितको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारीलाई भेटेर प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण बारे जानकारी मागेका हुन । चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्युभएकी गर्भवत्ति महिला सुनिता गुरुङको विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो ।
समितिले एक साताभित्र घटनाको विषयमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भनिएको थियो । तर घटनाभएको ५० दिन पुग्दा पनि सुनिता गुरुङको मृत्युको विषयमा प्रतिवेदन सार्वजनिक नभएपछि कारण बुझ्न टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
छानविन समितिले नै प्रतिवेदन बुझाउन ढिलाई गरेकाकारण निर्धारित समयमा सार्वजनिक गर्न नसकिएको बताउनुभयो । विषय संवेदनशिल भएकाकारण अध्ययन गर्न समय लागेकाले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको हो उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आउने शुक्रवार मात्रै प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिनुभयो । छानविन समितिले नै प्रतिवेदन बुझाउन ढिलाई गरेकाकारण निर्धारित समयमा सार्वजनिक गर्न नसकिएको बताउनुभयो । विषय संवेदनशिल भएकाकारण अध्ययन गर्न समय लागेकाले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई भएको हो उहाँले भन्नुभयो ।
यो विषयलाई नकारात्मक नलिनुहोला । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष पदम गुरुङले सुनिता गुरुङको घटनाप्रति प्रशासनले गम्भिरता नदेखाएको गुनासो गर्नुभयो । चितवन भरतपुर नगरपालिका वडा नं ७ कृष्णपुर बस्ने २५ वर्षकी सुनिता गुरुङ सुरक्षित तरिकाले सुत्केरी हुन चितवन मेडिकल कलेज पुग्नुभएको थियो ।
उपचारको क्रममा मंसिर २० गते उहाँको मृत्युभएको थियो । मृतकका परिवारले चिकित्सक अस्पतालको लापरवाहीकाकारण गुरुङको मृत्युभएको आरोप लगाउँदै आएका छन् ।