काठमाडौ माघ १० गते । सिचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रमलाई ओझेलमा पारेको भन्दै पूर्व सिचाई मन्त्री उमेश यादवले आपत्ति जनाउनु भएको छ ।
माओवादी केन्द्रका नेता समेत रहनु भएका पूर्वमन्त्री यादवले सोमवार एक विज्ञप्ति जारीगरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा सो विशेष कार्यक्रमको वजेट स्वीकृत हुँदापनि कार्यान्वयनमा ल्याउन मन्त्री गिरी आलटाल गरिरहनु भएको आरोप लगाउनु भएको हो ।
११ जिल्लाकालागि लक्षित गरिएको सो कार्यक्रम मन्त्री गिरीले सोही बजेटमा मधेशको २२ वटै जिल्लामा शुरुगर्न लागेको बताउँदै उहाँले किसानमाथि विश्वासघात गरेको आरोप लगाउनु भएको छ ।
हाल सो सिचाई मन्त्रालय काँग्रेसको भागमा परेको छ । नेता यादव मन्त्री भएकोबेला मधेशका ११ जिल्लालाई लक्षितगरी विशेष कार्यक्रम ल्याउनु भएको थियो । सो विशेष कार्यक्रमलाई ओझेलमा पार्नकालागि समयमा अख्तियारी नपठाउनु, कार्यक्रम मधेशलक्षित भएपनि त्यसको कार्यालय मधेशमा स्थापना गर्न नचाहनु, मौखिक आदेशमा कार्यक्रममा रोक लगाउनेजस्ता कार्य मन्त्री गिरीले गरेको उहाँले विज्ञप्तिमार्फत आरोप लगाउनु भएको छ ।
११ जिल्लाकालागि लक्षित गरिएको सो कार्यक्रम मन्त्री गिरीले सोही बजेटमा मधेशको २२ वटै जिल्लामा शुरुगर्न लागेको बताउँदै उहाँले किसानमाथि विश्वासघात गरेको आरोप लगाउनु भएको छ । २२ वटै जिल्लामा कार्यक्रम लग्नु राम्रो हो तर त्यसको अनुसारको बजेट पनि दिनुपर्यो भन्दै पूर्वमन्त्री यादवले बजेटको व्यवस्था गरेरमात्र कार्यक्रम विस्तार गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै न कुनै बाहनामा यस कार्यक्रमलाई रोक्ने रणनीतिमा मन्त्री गिरी रहनु भएको छ ।
उहाँले यस विषयमा माघ ७ गते संसदमा पनि कुरा उठाउनु भएको थियो । नेपाली काँग्रेसको मधेश विरोधी चरित्रकाकारणले नै मधेशको कार्यक्रमलाई ओझेलमा पार्न खोजेको आरोप उहाँले लगाउनुभयो । कार्यक्रम संशोधनको नाममा कार्यक्रमलाई प्रभावकारी हुन नदिने र वीचमै समाप्त पार्न खोजेको उहाँको आरोप छ ।