स्थानीयतहको निर्वाचनपछि यो सरकार परिवर्तन हुन्छः कोईराला


सन्तकुमार चौधरी
चितवन, माघ १३ गते । नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले तत्काल सरकार परिवर्तन गर्ने पक्षमा काँग्रेस नरहेको बताउनुभएको छ । प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा विहीवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले त्यस्तो बताउनुभयो ।

स्थानीयतहको निर्वाचनसम्म अहिलेको सरकार नै रहिरहने कोइरालाको भनाई छ । स्थानीयतहको निर्वाचनपछि सहमतिअनुसार नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने समेत उहाँले दावी गर्नुभयो । स्थानीयतहको निर्वाचनपछि मात्रै संविधान संशोधनको प्रस्तावको टुंगो लाग्ने कोइरालाले प्रष्ट पार्नुभयो ।

स्थानीयतहको निर्वाचनपछि सहमतिअनुसार नै काँग्रेसको नेतृत्वमा सरकार बन्ने समेत उहाँले दावी गर्नुभयो । स्थानीयतहको निर्वाचनपछि मात्रै संविधान संशोधनको प्रस्तावको टुंगो लाग्ने कोइरालाले प्रष्ट पार्नुभयो ।

संविधान संशोधनको विषयलाई थातिराखेर स्थानीयतहको निर्वाचनमा जानुको विकल्प नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । त्यसकालागि स्थानीयतहको निर्वाचनको मिति घोषणा गर्न ढिलाई गर्न नहुने समेत उहाँको भनाई छ ।

संशोधनको प्रस्तावमाथि नअल्मलिइ छिटोभन्दा छिटो सातादिन भित्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ उहाँले भन्नुभयो । संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन गराउने जिम्मा राजनीतिक दलहरुलाई भएका कारण स–साना विषयमा अल्झीन नहुने कोइरालाको भनाई छ ।

स्थानीयतह देखि प्रदेश र संसदीय चुनाव गराउनुपर्ने दलहरुको काँधमा जिम्मेवारी छ, सहमति र सहकार्यमार्फत सबै चुनाव गराउन दलहरु एकठाउँमा उभिनुैपर्छ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया