सन्तकुमार चौधरी
चितवन, माघ १३ गते । नेपाल राष्ट्रिय शिक्षक संगठनको २० औं राष्ट्रिय परिषद बैठक तथा विधान अधिवेशन चितवनको नारायणगढमा हुने भएको छ । माघ १५ गते हुन लागेको विधान अधिवेशनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने आयोजकले जानकारी दिएको छ ।
सांगठनिक संरचना परिवर्तन गर्ने उद्देश्यले गर्न लागिएको विद्यान अधिवेशनको तयारी पूरा भएको नारायणगढमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । अधिवेशन उद्घाटन पूर्व नारायणगढबजार क्षेत्रमा प्रभात फेरि निकालिने संगठनका केन्द्रीय अध्यक्ष बावुराम थापाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार विधान अधिवेशनका लागि प्रत्येक जिल्लाबाट चारजना प्रतिनिधिसहित कार्य समिति सदस्य गरेर चारसय ४७ जना भन्दाबढी प्रतिनिधिहरु सहभागी हुँदैछन् । अधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा गर्ने तयारी छ ।
विधान अधिवेशनका लागि प्रत्येक जिल्लाबाट चारजना प्रतिनिधिसहित कार्य समिति सदस्य गरेर चारसय ४७ जना भन्दाबढी प्रतिनिधिहरु सहभागी हुँदैछन् । अधिवेशन नारायणगढस्थित नारायणी कला मन्दिरमा गर्ने तयारी छ ।
विधान अधिवेशन सम्पन्न गर्नकालागि विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको छ भने, ११ लाख रुपियाँ आर्थिक खर्चहुने अनुमान गरिएको आयोजकले जनाएको छ । समुन्नत राष्ट्रका लागि शैक्षिक विकासमा हाम्रो प्रतिवद्धता, राजनीतिक अधिकारका लागि ट्रेड युनियन अधिकार संवैधानिक सुनिश्चितता भन्ने नाराकासाथ हुन लागेको विधान अधिवेशनमा संगठनले अहिलेसम्म गरेको कामहरुको समिक्षात्मक छलफल सँगै संघीय संरचनाअनुसार नै विधान संशोधन गर्ने तयारी गरिएको छ ।
अधिवेशनमा सहभागीता जनाउनका लागि ७५ वटै जिल्लाबाट शिक्षक संगठनका प्रतिनिधिहरु चितवन आउन थालिसकेका छन् । चितवन पुग्ने प्रतिनिधिहरुको बसोबासका लागि नारायणगढ र भरतपुर क्षेत्रका होटलहरुमा व्यवस्थापन गरिएको समेत आयोजकले जानकारी दिएको छ ।
उद्घाटनपूर्व प्रभातफेरिका लागि नारायणगढको क्याम्पस चौरबाट प्लेकार्डसहितको ¥यालीले लायन्सचोक हुँदै शहिदचोक, पुलचोक, लिलाचोक भएर पुन क्याम्पाचौर पुग्ने आयोजकले जानकारी गराएको छ ।