सन्तकुमार चौधरी
चितवन, माघ १६ गते । चितवन मेडिकल कलेजमा सुरक्षित मातृत्वका लागि प्रसुती सेवा लिन पुगेकी भरतपुरकी सुनिता गुरुङको मृत्युमा अस्पतालको प्रशासनीक, प्राविधिक र व्यवस्थापकिय कमजोरी देखिएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई विभागीय कार्वाही गर्न चितवन प्रशासनले सिफारिस गरेको छ ।
घटना भएको ५४ दिनपछि पीडित पक्षको तीब्रदवावकाबीच चितवन प्रशासनले शुक्रवार छानविन समितिको प्रतिवेदन सार्वजनक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा अस्पतालको प्रशासनीक, प्राविधिक र व्यवस्थापकि कमजोरी देखिएको उल्लेख छ ।
छानविन समितिका संयोजक समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । ल्याब रिपोर्ट, काजपत्र, ओपीडि कार्ड, नर्सिङ रिपोर्ट, बायो केमेस्ट्री रिपोर्ट, पाटोग्राफ लगायत, पोष्टमार्टम रिपोर्ट लाई आधार मानेर छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको प्रतिवेदनमा मृत्यु हुनुअघि दिनको १२ बजे सम्म सुनिता गुरुङ र पेटको बच्चाको अवस्था सामान्य रहेको समेत उल्लेख छ । १२ बजेपछि सुनिताको डेलिभरी गराउने अवस्था जटिल बन्दै गए तापनि विरामीको अवस्थाबारे उपचारमा संलग्न नर्स र चिकित्सकहरुले सम्बन्धित विरामीका परिवारसँग परामर्श गर्ने कार्यमा कन्जुस्याई गरेको प्रतिवेदनमा भनिएको छ । तर सुनिता गुरुङको मृत्युकोकारण भने एक्लाम्सीया भएको प्रतिवेदनमा जनाइएको छ ।
भरतपुर ७ कृष्णपुर बस्ने २५ वर्षकी सुनिता गुरुङको उपचारको त्र्रmममा मंसिर २० गते मृत्युभएको थियो । चितवन मेडिकल कलेजको लापरवाहीका कारण गुरुङको मृत्युभएको भन्दै दोषि चिकित्सकसहित उपचारमा संलग्नलाई कार्वाही हुनुपर्ने मागगर्दै मृतकका परिवार आन्दोलनमा उत्रिएका थिए ।
एक्लाम्सीया भएपछि हातगोडा सुनिने, शरीर सुनिने, निलो हुने, वीपी लो हुने लगायतका लक्षणका कारण सुनिताको मृत्यु एक्लाम्सीयाको कारण भएको चिकित्सकको भनाई प्रतिवेदनमा उल्लेखछ । छानविन समितिको प्रतिवेदनमा मृत्युको कारणबारे स्पष्ट रुपमा उल्लेख छैन् । यता पोष्टमार्टमको रिपोर्टमा भने मृत्युकोकारण मेस्यीक पर्मलरी रहेको उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भरतपुर अस्पतलाका गाइनोलोजिष्ट सुनिलमणी पोखरेल, जनस्वास्थ्य कार्यालयका प्रमुखसहित ५ सदस्यीय छानविन समिति गठन भएको थियो । छानविन समितिले गठनभएको सातदिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भनिएको थियो ।
तर पीडित पक्षको तीब्र दवावकाकारण ५४ दिनपछि मात्रै शुक्रवार प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै चितवन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यो घटना प्रतिनिधि मुलक घटनाभएका कारण आगामी दिनमा यस्ताखालका घटना पुन नहोस भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सेवा सुधारका लागि विजय सुवेदीको संयोकत्वमा अस्पताल सुझाव सुधार कार्यदल गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले यही घटनाकाकारण यस्ताखालका अन्य घटनाहरु भए तत्काल छानविन गरेर पीडितपक्षलाई संवोधन गर्न क्वीक रेस्पोन्स टिम बनाउने तयारी गरिएको जानकारी दिनुभयो । प्रत्येक अस्पताले अनिवार्य सेवा वडापत्र लागु गर्नुपर्ने खालको नीतिनियम लिएर प्रशासनले स्वास्थ्य क्षेत्र सुधार गर्ने कार्यमा लागेको बताउनुभयो ।
यता सुनिता गुरुङका श्रीमान हर्कवहादुर गुरुङले भने छानविन समितिको प्रतिवेदन एकपक्षीय भएको भन्दै आपत्ती जनाउनुभयो । पीडित पक्षलाई न्यायको साटो पीडक पक्षकै संरक्षण गर्ने खालको प्रतिवेदन भएकाले स्वीकार गर्न नसकिने बताउनुभयो । भरतपुर ७ कृष्णपुर बस्ने २५ वर्षकी सुनिता गुरुङको उपचारको त्र्रmममा मंसिर २० गते मृत्युभएको थियो । चितवन मेडिकल कलेजको लापरवाहीका कारण गुरुङको मृत्युभएको भन्दै दोषि चिकित्सकसहित उपचारमा संलग्नलाई कार्वाही हुनुपर्ने मागगर्दै मृतकका परिवार आन्दोलनमा उत्रिएका थिए ।
सहायक जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन भएपश्चात मृत्युभएको पाँचदिनपछि मृतक सुनिता गुरुङको शव अन्त्येष्टि गरिएको थियो ।