काठमाडौं, माघ १६ गते । थारु कल्याणकारिणीसभा केन्द्रीय प्रचार विभाग प्रमुख तथा हमार पहुरा डट कमका प्रबन्धक रामलाल चौधरी आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको सदस्यमा मनोनयन हुनुभएको छ ।
चलचित्र विकास बोर्डको गतसाता माघ ७ गतेको बैठकले चौधरीलाई सो पदमा मनोनयन गरेको हो । सँगै आठजनालाई त्यसमा मनोनयन गरेको छ । समितिको संयोजकमा ज्योतिराज राई र अन्य सदस्यमा अरुणकुमार प्रधान, हिमाल पुन, सुशान्त श्रेष्ठ, नौजङ गुरुङ, देउमान केरुङ र सदस्य सचिवमा आनन्द घिमिरे मनोनयन हुनुभएको छ ।
चौधरी लामो समयदेखि समाजसेवामा सक्रिय रहँदैआउनुभएको छ । कल्याणकारिणीसभा सँगसँगै उहाँले स्थानीय सहकारी बैंकको पनि अध्यक्षको भूमिकामा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । चौधरी हमार पहुरा डट कमको संस्थापक प्रबन्धकको भुमिका निर्वाह गरिरहनुभएको छ ।
थारु भाषाको पहिलो फिल्म करमको अभिनेताको भूमिकामा समेत अभिनय गरिसक्नुभएका चौधरी थारु अधिकारका लागि विभिन्न संघ संस्था र एमाले पार्टीसँग आवद्ध हुनुहुन्छ । हमार पहुरा डट कमले उहाँको थप सफलताको शुभकामना व्यक्त गरेको छ ।