अबको दश वर्षमा किसानका लागि अवसरै अवसरः मन्त्री चौधरी


भगतराम थारु
नेपालगञ्ज, माघ २२ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले अवको दश वर्षमा नेपाली कृषकका लागि अवसरै अवसर हुने दावी गर्नुभएको छ ।
‘परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रर्बद्धन गरौं, असल पोषणकालागि खानामा पनि सन्तुलित आहारको खाना खाने बानी बसालौ’ भन्ने मुल नाराकासाथ नेपालगन्जमा आजदेखि खाद्यमेला २०७३ सुरु भएको छ ।

कृषि मन्त्री चौधरीले उक्त खाद्य मेलाको उद्घाटन गर्नुभयो । मेलाको उद्घाटनसत्रमा बोल्दै मन्त्री चौधरीले कृषकहरुकालागि पेन्सन पाउने ऐन विधेयक बर्तमान सरकारकै पालादेखी दिलाउने व्यवस्था मिलाउने बताउनुभएको छ ।

कृषिमा किसानका लागि अवको १० बर्षभित्र अवसरै अवसर ल्याउने उहाँले जानकारी गराउनुभयो । वेमौसमी खेतीमा समेत राज्यको ध्यानगएको बताउदै मन्त्री चौधरीले भन्नुभयो केही समयपछि नेपाललाई खाद्य समस्या मुक्त गराउँछौं ।

कृषिलाई आधुनिकीकरणमा जोड दिन सरकार लागिरहेको उहाँले बताउनुभयो । कृषिलाई बेमौसमी खेतीतर्फ आकर्षित गर्न घर–घरमा जनचेतना फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । खाद्य मेलामा विभिन्न कला संस्कृतिहरुको प्रर्दशन समेत गरिएको थियो ।

दुई दिनसम्म चल्ने खाद्य मेलामा कृषि महानिर्देशनालयका संजिव कर्ण, क्षेत्रिय कृषि निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक शिवनारायाण चौधरी, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, राजनितिकदलका नेता तथा प्रतिनिधि, स्थानिय कार्यालयका कर्मचारी, प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

पराम्परागत खाद्य पदार्थको प्रर्बद्धन गरी पोषणमा सुधार ल्याउने उद्देश्यले खाद्य मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ । कृषि मन्त्रालय अन्तर्गत क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा भएको खाद्यमेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यका साथ खाख् मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमख विमल दाहालले जानकारी दिनुभयो ।

रामलिला मैदानमा आयोजित मेलामा ६९ बढी स्टलहरु रहेका छन् । द्ुई दिनसम्म चल्ने मेलामा प्रवेश निःशुल्क रहेको हुँदा जो कोहीले पनि मेला अवलोकन गर्नसक्ने र धेरै भन्दा धेरैको मेलामा अवलोकन हुने बताईएको छ । मेलामा आइतवार राष्ट्रिय गायीका कोमल ओली तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाईएको छ ।

मेलामा थारुगाउँ समेत रहेको छ । थारु गाउँमा थारु परिकार जस्तै घोघी, ढिक्री, चट्नी, अचार, सिध्रा, झिगे माछा लगायतका परिकारहरु समेत पाउने एसी होटलका संचालक पुर्णबहादुर चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया