प्रजातन्त्र पार्टी सरकारबाट चाँडै बाहिर आउँछः अध्यक्ष डा. लोहनी


काठमाडौं, माघ २४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएको बताउनुभएको छ । सरकारमा सहभागी मन्त्रीलाई चाँडै फिर्ता बोलाउने उहाँले प्रष्ट पार्नुभयो ।

रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भएपनि कुनैपनि कुरामा साझेदारी नभएको गुनासो पोख्नुभयो । सरकारको महत्वपूर्ण काम तथा निर्णयहरुमा राप्रपाको कुनै साझेदारी छैन, सरकारमा रहीरहन अब सकिदैन भन्दै डा. लोहनीले पार्टीमा सो बारे छलफल भइरहेको बताउनुभयो ।

डा. लोहनीले आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्य सम्पादन समितिको बैठकले चाँडै निर्णय गर्ने प्रष्ट पार्नुभयो । यो सरकारको तौरतरिका हेर्दा अब हाम्रो पार्टी सरकारमा बस्ने औचित्य समाप्त भयो उहाँले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको नियत नै चुनाव गर्नेखालको नभएको उहाँले आरोप लगाउनुभयो । पुनःसंरचना आयोगले अघि सारेको प्रतिवेदनको निहुँ बनाएर विभिन्न बखेडा झिक्ने काम सरकारले गरिरहेको छ, उसको काम चुनाव सार्नेतिर लक्षित छ अध्यक्ष लोहनीले गुनासो गर्नुभयो ।

व्यवस्थापिका संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नरहेको दाबी गर्दै अध्यक्ष लोहनीले भन्नुभयो, “प्रस्तावित संशोधन विधेयकले मुलुकको हित गर्दैन ।”

व्यवस्थापिका संसदमा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नरहेको दाबी गर्दै अध्यक्ष लोहनीले भन्नुभयो, “प्रस्तावित संशोधन विधेयकले मुलुकको हित गर्दैन ।” उहाँले प्रदेश नं ५ को सिमाङ्कन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको टिप्पणी गर्नुभयो ।

हामी संविधान संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, तर अहिले संशोधन प्रस्तावलाई एक ठाउँमा थाँती राखेर निर्वाचनमा जानुपर्छ भन्दै डा. लोहनीले जनताको माग चुनाव रहेको बताउनुभयो । मधेश र पहाडलाई अलग पार्ने कुरा कुनै हालतमा स्विकार्य नहुने उहाँले जिकिर गर्नु   भयो ।

जनताले तिरेको करको दुई खर्ब पैसा ढुकुटीमा बसिरहेको छ, खर्च गर्न नसक्दा बैंकमा व्याज बढिरहेको छ’ भन्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका डा. लोहनीले सरकारसँग विकासका योजना नहुँदा सुशासनको ठाउँमा कुशासन र ईमानको सट्टा बेईमानी बढिरहेको दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया