महासंघ सदस्यताः व्यक्तिगत जीवनसँग नखेल्न चौतारीको आग्रह

पत्रकारबाटै पत्रकारहरुलाई धम्की


बारा, माघ २८ गते । प्रेस चौतारी नेपाल बारा शाखाले राजनीतिक स्वार्थका लागि कसैको ब्यक्तिगत जीवनसंग नखेल्न आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ बारा शाखाले नयाँ सदस्यताका लागि सिफारिस गरेको बिषयलाई पछिल्लो समय आइरहेको समाचार तथा टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

प्रेस चौतारीले शुक्रवार विज्ञप्ती जारी गरी मर्यादित भएर प्रस्तुत हुन आग्रह गरेको छ । सदस्यताको मुद्दा उठाएर प्रेस चौतारीका सदस्यलाई धम्याउने र तथ्यहिन विषयलाई समाचार बनाउने तथा सामाजिक सञ्जालमा भ्रामक कुरा राखेर भ्रम फैलाउने काम भईरहेको भन्दै चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीले विज्ञप्ती जारी गरेर त्यस्ता गलत कुराको अन्त्य गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका हुन् ।

जिल्ला प्रशासन कार्यलय बाराले नेपाली नागरिक रहेको भनि दिएको प्रमाणका आधारमा पत्रकार महासंघ बारा शाखाले चौतारी बाराकी सदस्य निलिशा वर्मालाई सदस्यका लागि सिफारिस गरेको भएपनि संगठनका नाममा राजनीति गर्ने केही ब्यक्तिले वर्मालाई फोन गरेर मानसिक तनाव दिने र पत्रिकामा समाचार निकालेर ब्यक्तिगत आत्मसम्मानमा ठेस पु¥याएको घटनाले सबै सञ्चारकर्मीलाई दुःखीत तुल्याएको विज्ञप्तीमा उल्लेख छ ।

सञ्चारक्षेत्रमा अघि बढ्दै गरेका महिलालाई हौसला प्रदान गर्नुको साटो तथ्यहिन र भ्रामक हल्ला फैलाएर ब्यक्तिगत जीवनमा असर पुग्ने गरी गरिएको गतिविधिको चौतारी बाराले विज्ञप्तीमार्फत भत्र्सना गरेको छ ।

विज्ञप्तीमार्फत चौतारी बाराले राजनितिक स्वार्थपूर्तिका नाममा कसैको निजि जिवनसंग नखेल्न आग्रह गर्दै चौतारी केन्द्रीय पार्षद पन्नालाल दास, सदस्य दुष्यन्त चौधरीलाई केही व्यक्तिले धम्याएको घटनाले चौतारीलाई दुखित तुल्याएको भन्दै यस्ता गतिविधि नदोहो¥याउन आग्रह गरेको छ ।

छ्लफलबाट असहमती टुङ्याउन समेत चौतारीले आग्रह गरेको छ । यस्ता गतिविधि दोहोरिए कानुनी र राजनीतिक दुबै तरिकाले लड्न तयार रहेको कुरा पनि विज्ञप्तीमा उल्लेख छ ।

जिल्लामा सक्रिय रहेका सञ्चारकर्मीलाई सदस्य प्रदान गरेर गोलबद्ध गर्ने पत्रकार महासंघ बारा शाखाको प्रयासको प्रशंसा गर्दै चौतारीले जिल्लामा सदस्य लिनबाट बञ्चित सञ्चारकर्मीलाई समेटन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया