संवैधानिक संकटबाट पार लगाउन नेतालाई राष्ट्रपतिको ध्यानाकर्षण


लक्की चौधरी
काठमाडौं, फागुन २ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले निर्दिष्ट गरेको समयावधि भित्र तीनवटै तहको निर्वाचन गरी मुलुकलाई राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबाट पार लगाउन प्रमुख दलका नेताहरुको ध्यानाकर्षण गराउनुभएको छ ।

पछिल्लो समय दलका नेताहरुबीचको तिक्तता बढ्दैगएको र निर्वाचनमा ढिलाई हुने देखेपछि राष्ट्रपति भण्डारीले सोमबार प्रमुख सातदललाई शितल निवासमै बोलाएर सामुहिक ध्यानाकर्षण गराउनुभएको हो । निर्वाचनले नै आम जनसहभागिताको माध्यमबाट राजनीतिक दललाई थप उर्जाशील बनाउने विश्वास उहाँले गर्नुभयो ।

निर्वाचनकै माध्यमबाट युवा पीढिलाई समेत देश विकासको सबै अङ्गमा सहभागीता सुदृढ गराउने बताउँदै राष्ट्रपति भण्डारीले भन्नुभयो, “अब बाँकी रहेको समयको पूर्णरुपमा सदुपयोग गर्दै कत्तिपनि समय खेर नफाली संविधानले निर्दिष्ट गरेको समयसीमा भित्र सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्छ ।”

आगामी माघ ७ भित्र स्थानीयतह, प्रदेश र संघीय निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले निर्वाचन नागरिकको अधिकार भएकाले कुनै हालतमा कुण्ठित गरिन नहुने बताउनुभयो ।

आगामी माघ ७ भित्र स्थानीयतह, प्रदेश र संघीय निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै राष्ट्रपति भण्डारीले निर्वाचन नागरिकको अधिकार भएकाले कुनै हालतमा कुण्ठित गरिन नहुने बताउनुभयो । प्रमुख दलका नेताहरुलाई अगाडि राखेर ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “कुनै पनि निर्वाचनलाई देश विकासमा योगदान पु¥याउन प्राप्त भएको एउटा महत्वपूर्ण अवसरको रुपमा ठानिनुपर्छ ।”

नेपाली जनताको सक्रिय सहयोग, सहभागिता र राजनीतिकदलको नेतृत्वमा भएको लामो संघर्षपछि मुलुकमा लोकतन्त्रसहित राजनीतिक परिवर्तन भएकाले त्यसको संस्थागत गर्न अनिवार्य रहेको भन्दै राष्ट्रपति भण्डारीले परिवर्तन संस्थागत गर्नु सबैको दायित्व रहेको बताउनुभयो । दलीय छलफललाई घनिभूत बनाई राजनीतिक समस्या समाधानमा ध्यान दिन राष्ट्रपति भण्डारीले दलका नेताहरुसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विना निर्वाचन गर्न कठिन रहेकाले संविधान संशोधन र निर्वाचनको मिति घोषणा सँगसँगै हुने विश्वास राष्ट्रपतिलाई दिलाउनुभएको  थियो ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन विना निर्वाचन गर्न कठिन रहेकाले संविधान संशोधन र निर्वाचनको मिति घोषणा सँगसँगै हुने विश्वास राष्ट्रपतिलाई दिलाउनुभएको थियो । राष्ट्रपतिको लिखित सम्बोधन पछि राप्रपाका कमल थापाले प्रधानमन्त्रीलाई बोल्न आग्रह गर्नुभएपछि प्रधानमन्त्री प्रचण्डले संक्षिप्त धारणा राख्नुभएको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमाओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, राप्रपाका अध्यक्ष कमल थापा, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया