पत्रकार महासंघ दाङको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित

विचार (सन्दर्भः प्रजातन्त्र दिवस)

लक्की चौधरी

काठमाडौं, फागुन १३ गते । नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा सविन प्रियसन चौधरी निर्वाचित हुनुभएको छ । यसअघि शुक्रबार नै बाँके शाखाको अध्यक्षमा निर्वाचित भएर ठाकुरसिंह थारुले जिल्ला अध्यक्षमा थारुको पहिलो खाता खोल्नुभएको थियो ।

दाङ शाखामा पनि बाँकेमाजस्तै छ जना थारु निर्वाचित भएका छन् । अध्यक्ष प्रियसन सँगै जिल्ला सदस्यमा सविता चौधरी, केन्द्रीय पार्सदमा छविलाल कोपिला र प्रकाश चौधरी निर्वाचित हुनुभयो ।

शुक्रबार विहान भएको मतदान अगावै पुरन चौधरी र लक्षिमान चौधरी प्रदेश पार्सदमा सर्वसम्मत हुनुभएको थियो । महासंघको इतिहासमै जिल्ला शाखाको अध्यक्ष भएर ठाकुरसिंह थारु र सविन प्रियसनले एकसाथ इतिहास रच्नुभएको छ ।

निर्वाचित दुवैजना प्रेस चौतारी नेपालसँग आवद्ध हुनुहुन्छ । प्रियसन चौतारीको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ भने ठाकुरसिंह थारु यसअघि नै चौतारी बाँकेको अध्यक्ष भइसक्नुभएको थियो ।

यसैगरी महासंघको केन्द्रमा पहिलो पटक लक्की चौधरी २०७१ वैशाख २९ गते काठमाडौंमा सम्पन्न २४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । चौधरी पनि चौतारीका पूर्व केन्द्रीय सचिव भइसक्नुभएको छ ।

महासंघमा थारुको प्रतिनिधित्व गराउनमा चौतारीको ठूलो योगदान रहेको निर्वाचित थारुहरुको बुझाई छ । एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको ७५ वटै जिल्लामा शाखा रहेको छ ।

पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ पछिको दोस्रो ठूलो संगठन प्रेस चौतारीलाई लिने गरिन्छ । अहिले महासंघको नेतृत्वमा पनि चौतारी निकट डा. महेन्द्र विष्ट अध्यक्ष रहनुभएको छ ।

तपाईको प्रतिक्रिया