चित्तवनमा ५५ लाख रुपियाँमा कल्याणकारिणी सभाको भवन बन्ने


कारी महतो
चित्तवन, (रत्ननगर) फागुन १२ गते । थारु कल्याणकारिणी सभा (थाकस) रत्ननगर समितिको ५५ लाख रुपियाँको बजेटमा भवन बन्ने भएको छ । भवन निर्माणका लागि प्रमुख तीन दलका प्रतिनिधिहरुको समुपस्थितिमा विहिबार भएको एक भेलाबाट ११ सदस्यीय भवन निर्माण समिति गठन गरेको छ ।

चितवनको निर्वाचन क्षेत्र नं. २ बाट पहिलो संविधानसभाको प्रत्यक्षबाट निर्वाचित सदस्य तथा पूर्वमन्त्री रामबहादुर थापा (बादल) को सिफारिसबाट निकासा भएको ५५ लाख रुपैयाँको बजेटबाट उक्त भवन निर्माण गर्न लागिएको हो ।

माओवादी केन्द्रका जिल्ला सदस्य तथा थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य दर्शन चौधरीको अध्यक्षतामा उक्त निर्माण समिति गठन भएको हो । समितिको उपाध्यक्षमा थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र महतो, सचिवमा थाकस क्षेत्र नं. ८ का सचिव नारायण चौधरी, कोषाध्यक्षमा भरथरी महतो र सदस्यहरुमा गुजेश्वरी चौधरी, बुद्धिराम चौधरी, सोहर चौधरी, सबिता चौधरी, गीता राउत, शान्ति चौधरी र भरत चौधरी रहेका छन् ।

आज भएको भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला सचिवालय सदस्य राजु हुमागाई, नेकपा एमालेका जिल्ला सदस्य नारायण वन र नेपाली काँग्रेसका रत्ननगर सभापति रुपन घिमिरे र थाकस चितवन क्षेत्र नं. ८ का सभापति रामेश्वर चौधरी लगायतको समुपस्थिति रहेको थियो । उक्त भेला नागरिक समाज रत्ननगरका संयोजक शालिग्राम पराजुलीको अध्यक्षतामा भएकोे थियो ।

चितवनको निर्वाचन क्षेत्र नं. २ बाट पहिलो संविधानसभाको प्रत्यक्षबाट निर्वाचित सदस्य तथा पूर्वमन्त्री रामबहादुर थापा (बादल) को सिफारिसबाट निकासा भएको ५५ लाख रुपैयाँको बजेटबाट उक्त भवन निर्माण गर्न लागिएको हो । स्थानीय विकास मन्त्रालयबाट जिल्ला विकास समिति चितवनमार्फत् भएको बजेटलाई सदुपयोग गर्नका लागि थाकसको भवन निर्माण समिति गठन गरिएको जानकारी निर्माण समितिका संयोजक चौधरीले दिनुभयो ।

तपाईको प्रतिक्रिया