फागुन २० देखि मसान्तसम्म थरुहट संघर्ष समितिले विरोधसभा गर्ने


गीता चौधरी
काठमाडौं, फागुन १३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले फागुन २० देखि ३० गतेसम्म उपत्यकासहित थरुहट जिल्लामा विरोधसभासहितको दवावको कार्यक्रम सार्वजनिक गरेको छ । संशेधन प्रस्ताव पारित नगरेरै स्थानीयतहको निर्वाचन घोषणाको समितिले विरोध गरेको छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारिणीसभाका अध्यक्ष धनीराम चौधरीले शुक्रबार विज्ञप्ती जारीगर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएका विरोध कार्यक्रममा २० गते झापा र कञ्चनपुरमा विरोधसभा गर्ने बताइएको छ ।

त्यस्तै, २१ गते मोरङ र कैलाली, २२ गते सुनसरी र वर्दिया, २३ गते सप्तरी, बाँके र सुर्खेत, २४ गते उदयपुर, सिराहा र दाङ, २५ गते महोत्तरी, धनुषा र कपिलवस्तु, २६ गते सर्लाही र रुपन्देही, २७ गते रौतहट र नवलपरासी, २८ गते बारा र मकवानपुर, २९ गते पर्सा र चित्तवन, ३० गते उपत्यकामा विरोधसभा गर्ने संघर्ष समितिको तयारी छ ।

संघर्ष समितिले धनीराम चौधरीसहितमाथि लगाइएको झुठामुद्दाको खारेजीको माग गरेको छ । थारुसँग यसअघि सरकारले गरेको १३ बुँदे सहमतिको कार्यान्वयन विनै घोषणा भएको निर्वाचनको थरुहटमा विरोध गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक चौधरीका अनुसार संविधानको धारा ५६ (५) को भावना र मर्म विपरित स्थानीयतहको निर्वाचन घोषणा भएको छ । संरक्षित क्षेत्र, स्वायत्त र विशेषक्षेत्र निर्धारण नगरी गरिने निर्वाचनले आदिबासी जनजाति, मधेसी लगायतका पक्षका अधिकार कुण्ठित हुने बुझाई संघर्ष समितिको छ ।

संघर्ष समितिले धनीराम चौधरीसहितमाथि लगाइएको झुठामुद्दाको खारेजीको माग गरेको छ । थारुसँग यसअघि सरकारले गरेको १३ बुँदे सहमतिको कार्यान्वयन विनै घोषणा भएको निर्वाचनको थरुहटमा विरोध गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।

संयोजक चौधरीका अनुसार फागुन १७ गते थरुहट क्षेत्रका सभाका सभापति तथा समितिका संयोजकहरुसँग छलफल गर्ने र १९ गते साँझ मसाल जुलुश प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । दवावको कार्यक्रम रहेपनि बन्दको कार्यक्रम भने संघर्ष समितिले तय गरेको छैन ।

तपाईको प्रतिक्रिया