लक्की चौधरी
काठमाडौं, फागुन १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अवको निर्वाचनमा एमालेले सबै चुनाव जित्ने दावी गर्नुभएको छ । देशभर एमालेमा जनलहर रहेको बताउँदै उहाँले भन्नुभयो, “अब एमालेले चुनाव जित्छ, अरुले सिक्छ ।”
पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । जहाँ नेपाली छन्, त्यहाँ त्यहाँ एमाले छ भन्दै उहाँले “हाम्रो पार्टी नेपालव्यापी होइन नेपालीव्यापी छ” भन्नुभयो । देश बनाउने प्रमुख कार्यभार एमालेमाथि रहेको भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय अखण्डता, एकता, आर्थिक समृद्धिकालागि एमाले अनिवार्य रहेको चर्चा गर्नुभयो ।
“सरकारले आफ्नो रुची र खुशीले स्थानीयतहको निर्वाचन घोषणा गरेको होइन, बाध्यताले गरेको हो” भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “बन्चराले आफ्नै खुट्टा काटेपनि निर्वाचन गराउनुको विकल्प सरकारसँग छैन ।”
“सरकारले आफ्नो रुची र खुशीले स्थानीयतहको निर्वाचन घोषणा गरेको होइन, बाध्यताले गरेको हो” भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “बन्चराले आफ्नै खुट्टा काटेपनि निर्वाचन गराउनुको विकल्प सरकारसँग छैन ।” हामी देश बनाउन सरकारमा जान्छौं, अरु कमाउन, स्वार्थ पूरागर्न जान्छन् भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “हामी पूँजीको विकास गर्ने पक्षमा छौं, पूँजीवादको होइन ।”
केही दिनमा हुन गइरहेको स्ववियू निर्वाचनमा अनेरास्ववियूले अभूतपूर्व विजय हासिल गर्ने दावीगर्दै अध्यक्ष ओलीले स्थानीयतह, संघीय र प्रदेशको निर्वाचनमा समेत एमालेले सानदार विजय हासिल गर्ने बताउनुभयो । फागुन २१ देखि शुरुहुने पन्ध्रदिने मेची–महाकाली अभियानमा असाधारण मानिसको उपस्थिति रहने बताउँदै उहाँले तराई–मधेस एमालेमय हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा नवप्रवेशी युवाहरुलाई कुनै अनुचित काममा नलगाउने वल्की देश निर्माणको जिम्मेवारीमा लगाउने बताउनुभयो । “तपाईहरुलाई एमालेले बैंक लुट्न, रक्त चन्दन ओसार्न, मान्छे मार्न, धम्काउने काममा लगाउँदैन, ढुक्क हुनुहोस् क्षमताअनुसारको जिम्मेवारी पार्टीले दिन्छ” अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने बताउनुभयो ।
अध्यक्ष ओलीले संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले मोहन वैद्य नेतृत्वको नेकपा माओवादी पार्टी परित्याग गरेका युवाहरुलाई पार्टीमा स्वागत गर्नुभयो । करिब सयको हाराहारीमा युवाहरु एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा सन्तोष खड्का, नवराज लामा, दिवाकर महर्जन, विश्व लामा, नविन प्रधान, मनोज महर्जन, रमेश खड्का, सुरेश प्रधान, विजय श्रेष्ठ, पुष्कल खड्का, हिटलर महर्जन, नितेन केसी, कृष्ण खड्का, वीरेन्द्र श्रेष्ठ, दिपेन्द्र थापामगर, कैलाश यादव लगायतका छन् ।
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले देश बनाउन आफै लाग्नुको विकल्प नरहेकाले युवा पंक्तिलाई देश निर्माणमा जुट्न आग्रह गर्नुभयो । नवप्रवेशी युवाहरु अव एमालेको विचार र सिद्धान्तमा समाहित भएकाले एमालेकै नीति, सिद्धान्तअनुसार देश निर्माणको अभियानमा सरिक हुन उहाँले आग्रह गर्नुभयो ।
एमाले सचिव प्रदीप ज्ञवालीले देश संकटमा रहेका बेला प्रमुख शक्ति नेपाली कांग्रेस वेखबर रहेको बताउँदै देश बनाउन एमाले नै आवश्यक रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्षको नेतृत्वमा सरकार भएपनि जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताउनुभयो ।
उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष भीम रावल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शंकर पोखरेल, केशव बडाल, मुकुन्द न्यौपाने, नेताहरु काशीनाथ अधिकारी, कृष्ण राई, माधव पौडेल, जनक रिसाल लगायतको सहभागिता थियो ।