सन्तकुमार थारु
चितवन (पदमपुर) फागुन १९ गते । सदरमुकाम सँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएन यूएई ) का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गर्नुभएको हो । संघका उपाध्यक्ष थनेत आफै युइएबाट कम्प्यूटर बोकेर विद्यालय पुगेका थिए ।
उनलाई अभिभावक, विद्यार्थी एवम स्थानीयहरुले भव्य स्वागत गरेका थिए । पदमपुरकै जेठो विद्यालय भएपनि आर्थिक अभावकाकारण शैक्षिक व्यवस्थापनमा समस्या भएको फेसबुक मार्फत जानकारी पाएपछि प्राविधिक शिक्षामा सहयोग गर्ने उद्देश्यले उहाँ कम्प्यूटर बोकेर विद्यालय पुग्नुभएको हो ।
पूर्व विद्यार्थी समेत रहनुभएका पत्रकार सन्तकुमार चौधरीले फेसबुकमा विद्यालय जोगाउँ अभियान संचालनमा सहभागी हुन आग्रह गरेपछि उहाँको ध्यान पदमपुरतर्फ केन्द्रीत भएको थियो ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका पत्रकार सन्तकुमार चौधरीले फेसबुकमा विद्यालय जोगाउँ अभियान संचालनमा सहभागी हुन आग्रह गरेपछि उहाँको ध्यान पदमपुरतर्फ केन्द्रीत भएको थियो । कम्प्यूटर हस्तान्तरणका लागि विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एनआरएन यूएइका उपाध्यक्ष थनेतले शैक्षिक क्षेत्रको विकासका लागि आफु र आफ्नो संगठन सधै सकारात्मक भएर लाग्ने बताउनुभयो ।
प्राविधिक शिक्षाको विकासका लागि आफुले प्रदान गरेको कम्प्यूटरले ठूलो अर्थ राख्ने उहाँको भनाई थियो । कम्प्यूटर सँगै भोलीकादिनमा अन्य थप सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका पत्रकार सन्तकुमार चौधरीले स–साना बालबालिकाहरुको ठूलो भविष्य निर्धारण गर्न यो सहयोगले महत्पूर्ण अर्थ राख्ने बताउनुभयो ।
उहाँले सदरमुकाम सँगै जोडिएको विद्यालय भएपनि सरकारी तथा गैरसरकारी निकायबाट सधै ओझेलमा पर्नेगरेका कारण विद्यालयको विकास सोचेजस्तो हुन नसकेकोमा गुनासो गर्नुभयो ।
आर्थिक अभावकाकारण विद्यालय संरक्षणमा समस्या थपिदै गएको भन्दै उहाँले विद्यालयको शैक्षिक विकासप्रति चिन्ता व्यक्त गर्नुभयो । विद्यालयले डाक्टर, इन्जीनियर लगायत ठूला ठूला तहमा पुग्ने व्यक्तिलाई उत्पादन गरेपनि विद्यालयको अवस्था खस्कीदै गएकोमा दुख व्यक्त गर्नुभयो ।
पदमपुर गाविसका पूर्व अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले एनआरएन यूएइका उपाध्यक्ष थनेतले दिएको कम्प्यूटरबाट निजी विद्यालयको पहुँचसम्म पुग्न नसकेको गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुकालागि वरदान सावित हुने बताउनुभयो ।
कार्यक्रममा पदमपुर गाविसका पूर्व अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले एनआरएन यूएइका उपाध्यक्ष थनेतले दिएको कम्प्यूटरबाट निजी विद्यालयको पहुँचसम्म पुग्न नसकेको गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुकालागि वरदान सावित हुने बताउनुभयो ।
उहाँले कम्प्यूटरलाई पूर्णरुपमा शैक्षिक ज्ञान बाड्ने माध्यमकोरुपमा प्रयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा नेकपा एमाले कालिका नगरपालिकाका नगरप्रमुख भीष्म खनाल, राप्रपा नगरप्रमुख घनश्याम गिरी, राप्रपाकै हेमवहादुर नेपाल लगायतले बोल्नुभएको थियो । ्
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शीला शिरिसको अध्यक्षतामा आयोजना गरिएको थियो । २ सय ७५ जना विद्यार्थी रहेको विद्यालयमा कक्षा ८ सम्म अध्यापन हुने गरेको छ । विद्यालय पदमपुरकै सबैभन्दा जेठो विद्यालय मानिन्छ । जेठो विद्यालय भएपनि आर्थिक अभावकाकारण आशालाग्दो उपलब्धी भएको छैन ।
विद्यालयको कम्पाउण्डीङ नहुँदा विद्यार्थीहरु जतावाट मनलागे त्यतैबाट प्रवेश गर्ने, बाहिर निस्कीने गरेका छन् । खानेपानीको अवस्था पनि पीडादायि छ । ६ महिनासम्म विद्यार्थी तथा शिक्षकले पानी पिउन पाउँछन् बाँकी ६ महिनासम्म पिउने पानीकालागि निकै सास्ती भोग्नुपर्छ । खोलाको पानी सुक्दै जान थालेपछि भएको कलधारा पनि सुक्ने समस्या छ ।