एमालेको तराईमधेस भेला विथोल्न भनेको छैनः गृहमन्त्री निधी


काठमाडौं, फागुन २० गते । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले) को तराई मधेसमा शनिबारबाट शुरुहुने सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पार्नु भएको छ ।

बिहिबार राति अबेर एमाले अध्यक्ष केपी ओलीसंग उहाँको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको बताउनुभयो ।

“मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्” भेटमा एमाले अध्यक्ष ओलीले भन्नुभयो “तर मलाई तपाईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने बिश्वास लाग्दैन । ”

अध्यक्ष केपी ओलीसंग उहाँको बालकोटस्थित निबासमा भएको भेटमा गृहमन्त्री निधिले सिरहाको लाहानमा फागुन १५ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा आफूले कसैलाई लखेट्ने भन्ने शब्द प्रयोग नगरेको बताउनुभयो ।

एमालेले मंगलबार विज्ञप्ति जारी गर्दैमन्त्री निधिले एमाले कार्यकर्तालाई मेची–महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्वारा आयोजित निर्बाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटनकाक्रममा मन्त्री निधिले एमालेले संबिधान संशोधनमा अबरोध गरेको भन्दै एमालेबिरुद्ध भण्डाफोर गर्नुपर्ने बताउनु भएको थियो ।

अध्यक्ष ओलीसंगको भेटमा मन्त्री निधिले संबिधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाउनु भएको थियो । मन्त्री निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ ? भन्नेप्रश्नमा अध्यक्ष ओलीले संबिधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको प्रष्ट पार्नुभयो ।

भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया