काठमाडौं, फागुन २१ गते । नेकपा (एमाले) ले बाह्र जनालाई पार्टीको पूर्ण केन्द्रीय सदस्य र नौजनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ । त्यसमध्ये पाँचजना थारु मनोनितमा परेका छन् ।
झापाको विर्तामोडमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले आदिबासी जनजाति, मधेसी, थारु समुदायलाई समेट्नेगरी मनोनयन गरेको हो । शनिबारबाट मेची–महाकाली अभियान शुरु गरेको एमालेले सो समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सो निर्णय गरिएको एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले बताउनुभयो ।

मनोनित भएका पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ (धनुषा), रामचन्द्र यादव (सिराहा), धर्मनाथ यादव (सिराहा), रामदयाल मण्डल (महोत्तरी), रविन्द्र बैठा (सर्लाही), यदुवंश झा (धनुषा), धर्मनाथ साह (सिराहा), गंगा यादव (सिराहा), रामचन्द्र साह टेली (पर्सा), रत्नेश्वर गोइत (धनुषा), लालबाबु यादव (रौतहट) र हरिनारायण महतो (धनुषा) रहनुभएको छ ।
त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्यहरुमा नारदमुनी रानाथारु (कैलाली), मञ्जु चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ), हरि राजवंशी (झापा), सरोज यादव (महोत्तरी), महम्मद हारुन (बाँके), जुली महतो (धनुषा), सुधिर साह (धनुषा) र सरला यादव (रौतहट) रहनुभएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा झापाको जिल्ला कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उहाँहरुलाई सो पदको जिम्मेवारीमा मनोनित गरेको पार्टी सचिव भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले हनुमान चौधरी (कैलाली) लाई केन्द्रीय सल्लाहकार परिषद सदस्य र कैलालीकै मायाराम चौधरीलाई प्रदेश नं. ७ को संगठन कमिटी सदस्यमा मनोनयन गरेको छ ।