पत्रकारलाई पत्रकार आचारसंहिता पालना गर्न बाँके शाखाको आग्रह


भगतराम थारु
नेपालगञ्ज, फागुन २२ गते । नेपाल पत्रकार महासंघ बाँके शाखाको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले पत्रकार आचार संहिताको पत्रकारहरुले पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।

महासंघ, बाँकेका अध्यक्ष ठाकुृरसिंह थारुको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेको विशेष आतिथ्यतामा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

पत्रकार आचारसंहिताको उलंघन गर्ने र नेपाल पत्रकार महासंघको गरिमामाथि आँच आउनेखालका कुनैपनि गतिविधि गरेको पाइएमा तत्काल कारवाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको सचिव तिलक गाउँलेले बताउनुभयो ।

गाउँलेले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ नेपाल पत्रकार महासंघप्रति कुनै सुझाव, गुनासा एवं जानकारी भए संस्थागतरुपमा राख्न आग्रह बैठकले गरेको छ ।

पत्रकार आचारसंहिताको उलंघन गर्ने र नेपाल पत्रकार महासंघको गरिमामाथि आँच आउनेखालका कुनैपनि गतिविधि गरेको पाइएमा तत्काल कारवाहीको दायरामा ल्याउने निर्णय समेत गरिएको सचिव तिलक गाउँलेले बताउनुभयो ।

महासंघ बाँके शाखाको ११ औँ जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन कमिटी, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयबाट खटिएका केन्द्रीय प्रतिनिधि रुद्र भट्ट, केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरे, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाली, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य, बाँके शाखाका पूर्व अध्यक्ष, पूर्व कार्यसमिति, सम्पूर्ण मतदाता एवं साधारण सदस्यमा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै, नेपाल पत्रकार महासंघ बाँकेको कार्य सम्पादन सरल र सहजरुपमा सम्पन्न गर्नका लागि अध्यक्ष ठाकुरसिंह थारु, उपाध्यक्ष प्रदिप वाग्ले, रुपा गहतराज, सचिव तिलक गाउँले, सहसचिव काशीराम शर्मा, सकिल अहमद कादरी र कोषाध्यक्ष केशव राना गरी ७ जनाको सचिवालय गठन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका लागि पत्रकार जीवन शर्माले आफ्नो ममतामयी आमा बेलमति शर्माको ७५ औँ जन्मदिनको अवसरमा एक लाख एघार हजार एकसय एघार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेकोमा धन्यवाद ज्ञापन गर्नुकासाथै नेपाल नेत्र ज्योति संघ फत्तेबाल आँखा अस्पतालले नेपाल पत्रकार महासंघ बाँकेका नाममा प्रत्येक वर्ष आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कारस्वरुप नगद बीस हजार दिने निर्णय गरेकोप्रति स्वागत तथा धन्यवाद दिने निर्णय गरिएको छ ।

बैठकले नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य आलम खानका हजुरबुवा मुस्लिम खानको ७५ वर्षको उमेरमा भएको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरिएको छ ।

तपाईको प्रतिक्रिया