काठमाडौं, फागुन २२ गते । संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले पाँचबुँदे माग राख्दै सुरुगरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सहयोग गर्ने बताएको छ ।
गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले आइतबार चारबुँदे प्रेस विज्ञप्ती जारीगर्दै महासंघको आन्दोलनमा गठबन्धनको सहयोग गर्ने बताएको हो ।
गठबन्धनले तराई मधेसमा जारी पहिचान र संघीयताविरोधी खबरदारी अभियान र भण्डाफोर आन्दोलनमा सहभागी हुन आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारुलगायत समुदायसँग अपिलसमेत गरेको छ ।
गठबन्धनले काठमाडौंको शंखरापुर नगरपालिका कायम हुनुपर्ने पक्षमा महिनौदेखि भइरहेको आन्दोलनमा पनि ऐक्यवद्धता जनाएको छ । गठबन्धनले छिटै अर्को बैठक बसी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ ।