कैलाली महासंघमा जगत साउँद, १० थारु पनि निर्वाचित


टीकापुर, फागुन २३ गते । नेपाल पत्रकार महासंघ कैलाली शाखामा प्रेस युनियनका जगत साउँद निर्वाचित भएका छन् । उनको प्रतिद्वण्द्वी हिक्मत रावल साउँदभन्दा २२ मतले पछाडि परे । निर्वाचनबाट दश थारु विजयी भएका छन् ।

विजयी थारुमा सहसचिव राम दहित, सदस्यहरुमा दिलबहादुर चौधरी, रविना चौधरी (महिला कोटा), दिनेश दहित (आदिबासी जनजाति कोटा), ठागुराम कठरिया (खुला) विजयी भएका छन् ।

प्रतिद्वण्द्वी हिक्मत रावल साउँदभन्दा २२ मतले पछाडि परे । निर्वाचनबाट दश थारु विजयी भएका छन् ।

त्यस्तै, केन्द्रीय पार्सदमा गणेश चौधरी, प्रेम चौधरी र सीता चौधरी पनि विजयी भएका छन् । सोहीअनुसार प्रदेश पार्सदमा मुकेश टेर्रा, भीम चौधरी निर्वाचित भएका छन् ।

दुई प्यानलबाट प्रतिस्पर्धामा उत्रेका थारुहरुमा लखन चौधरी (कोषाध्यक्ष), अविनाश चौधरी (प्रदेश पार्सद), उन्नती चौधरी (सहसचिव), सुशिला चौधरी सम्मानित मत प्राप्त गरेर पराजित भएका छन् । कैलालीमा २०१ मत मध्ये १८५ मत खसेको निर्वाचन मण्डलले जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया