एमालेले तीन दिन अभियान रोक्यो, दुई दिन मधेस वन्द घोषणा


काठमाडौं, फागुन २३ गते । सप्तरिको राजविराजमा भएको घटनाप्रति दुःख व्यक्तगर्दै नेकपा (एमाले) ले तीन दिनसम्म मेची महाकाली अभियान स्थगित गर्ने निर्णय गरेको छ । २७ गतेदेखि पुनः अभियान पूर्ववतरुपले सञ्चालन गर्ने निर्णय एमालेको छ ।

सप्तरीको राजविराजमा सोमबार भएको मोर्चाका कार्यकर्ता र प्रहरीबीचको भिडन्तमा परी चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सञ्जन मेहता, दिवंगर यादव, पिताम्बरलाल मण्डल र आनन्द साह रहेको मोर्चाले जनाएको छ । दशौंजना घाइते भएको बताइएको छ ।

घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुले फागुन २४ र २५ गते दुई दिन मधेस वन्दको आव्हान गरेका छन् । घाइतेको स्वास्थ्य उपचारको व्यवस्था र दोसीलाई कारवाहीको माग मोर्चाले गरेको छ ।

यता, एमालेले घटनाबारे दुःख व्यक्त गरेको छ । मुलुकलाई मुठभेडमा धेकेलेर आगामी निर्वाचन हुन नदिने षडयन्त्र भएको आरोप सो दलले लगाएको छ । संविधान कार्यान्वयन हुन नदिएर असफल पार्ने कसरत भएको एमालेको बुझाई छ ।

नेता निधीलाई कालोमोसो
घटना भएपछि आक्रोशित मोर्चाका कार्यकर्ताले एमाले प्रचार विभाग प्रमुख तथा नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष मनिशंकर निधीलाई सोमबार कालोमोसो दलेका छन् ।

मोर्चाका नेता श्यामविहारी यादव, प्रकाश भाई, ललन यादव, ओमप्रकाश साह, ध्रमेन्द्र यादव लगायतले चियापसलमा बसेका एमाले नेता निधीलाई कालोमोसो दलेको बताइएको छ ।

तपाईको प्रतिक्रिया