मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई कलैयामा कालोमासो दले


दुष्यन्त चौधरी
बारा, फागुन २५ गते । सप्तरीमा गत सोमबार प्रहरीले गरेको ज्यादतीको बिरोधमा प्रर्दशनमा उत्रेका संयुतm मधेसी मोर्चाले एमालेका दुई जना कार्यकर्तालाई बुधवार बाराको कलैयामा कालोमोसो दलेका छन् ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरु एमाले पार्टी कार्यालयमा बिगत केहि दिनदेखि सहयोगीकोरुपमा काम गरिरहेको कलैया निवासी शंकर भटराई र एमाले कलैया नगर समितीका सदस्य रामएकवाल पटेललाई भरतचौक अगाडि कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ ।

कलैया निवासी शंकर भटराई र एमाले कलैया नगर समितीका सदस्य रामएकवाल पटेललाई भरतचौक अगाडि कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ ।

चिया खानजाने क्रममा ती दुईलाई कालोमोसो दलेको प्रहरीको भनाई रहेको छ । यसै बीच एमालेका प्रचार विभाग प्रमुख मनोज पौडेलले एक बिज्ञप्ती जारी गर्दै एमालेलाई लक्षित गरी कालोमोसो दल्ने काम तुरन्त बन्द गरिनु पर्ने माग गर्नुभएको छ । मोर्चालाई संयमित हुन बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया